अष्ट्रेलियामा ‘गलबन्दी र पछ्यौरी साँझ’ हुँदै

-- निरु त्रिपाठी, नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६

अहिले सांगीतिक बजारमा ‘गलबन्दी’ गीतले सबैलाई आकर्षित गरिरहेको छ । लोक गायक, सर्जक तथा मोडलको रुपमा आफूलाई स्थापित गर्न सफल प्रकाश सपुतको उक्त लोकगीत देश विदेशमा रहेका सम्पूर्ण नेपालीको मनमा बसेको छ ।

उनै प्रकाश सपुत आफ्नो धमाकेदार प्रस्तुति सहित अष्ट्रेलिया आउने भएका छन् । सोलाङ्गचर र युनाइटेड फुटबल क्लबको सहकार्यमा आयोजना हुन लागेको ‘गलबन्दी र पछ्यौरी साँझ’ मा उनले आफ्नो प्रस्तुति दिने भएका हुन् ।

उक्त कार्यक्रममा दोहोरी ब्याटलमा प्रकाश सपुत संगै गाएकी प्रतिभावान लोक गायिका प्रीति आले र नेपालको डान्स रियालिटी शो बुगी वुगीको पहिलो सिजनकी विजेता कविता नेपालीको समेत प्रस्तुति रहनेछ ।

‘गलबन्दी र पछ्यौरी साँझ’ आगामी अगस्ट महिनाको २५ तारिख, आइतबारका दिनमा Estonian House मा हुनेछ । कार्यक्रम साँझ ५ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सहभागिताको लागि टिकट अहिले अर्थात कार्यक्रमको दिन भन्दा अगाडी नै लिएमा २० डलर र कार्यक्रमको दिनमा ३० डलर शुल्क लाग्नेछ । आयोजकका अनुसार, १० वर्ष भन्दा कम उमेरका बालबालिकालाई टिकट शुल्क लाग्नेछैन ।

कायक्रमलाई एक्स्पर्ट एजुकेसन कन्सल्टेन्सी र बेटर चोइसले मूख्य प्रायोजन गरेका छन् ।