प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाको पत्रकार सम्मेलन

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६

प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाले यही ९ अगस्तमा पत्रकार सम्मेलन गरेर संस्थाको औपचारिक स्थपनाको घाेषणा गरेको छ । बन्सव्हीक स्थित वल्र्ड दरबारमा आयोजना गरेको पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अजय राजवंशी, बरिष्ठ उपाध्यक्ष ऋषिकेश न्यौपाने, भिक्टोरीयाका लागि नेपाली कन्सुलर जेनरल चन्द्र योन्जन, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कडेँल लगायत अन्य नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा अध्यक्ष राजवंशीले संस्थाको घाेषणापत्र पढेर सुनाएका थिए । यस संस्थाले कुनै राजनैतिक दलको वकालत नगरेपनि नेपाली धर्म, संस्कृति, भाषा, रितिरिवाज, चाडपर्वको जर्गेना सदैव गर्ने अध्यक्षले बताएका थिए । त्यसैगरी पत्रकारको प्रश्नको उत्तर दिदैँ संस्थाका वरिष्ठ उपाध्यक्ष ऋषिकेश न्यौपानेले नेपाली समाजमा अर्को संस्था थपिएपनि यसले समाजमा टेवा पुर्याउने काम गर्नेछ र अन्य संस्थाहरुसँग मिलेर कार्यक्रमहरु प्नि आयोजना गर्ने बताएका थिए ।