टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
आयोजक सिंगापुरसँग ८२ रनको लज्जास्पद हार बेहोरेसँगै नेपालले आइसिसी ट्वान्टी–२० विश्वकप २०२० खेल्ने ढोका बन्द भएको छ । जुलाई २८ का दिन सिंगापुरस्थित इन्डियन एसोसिएसनको मैदानमा भएको आइसिसी ट्वान्टी–२० विश्वकप एसिया फाइनल क्वालिफायर अन्तर्गतको अन्तिम खेलमा पराजित भएसँगै नेपालको शीर्ष स्थानमा बस्दै अक्टोबरमा युएईमा हुने ग्लोबल क्वालिफायर प्रवेशमा स्थान बनाउन असफल भएको हो ।
शीर्ष स्थानको सिंगापुरले पहिलो पटक ग्लोबल क्वालिफायरमा स्थान बनायो ।
४ खेलमा २ जित र २ हारको नतिजा ल्याएको नेपालले ४ अंकका साथ तेस्रो स्थानमा चित्त बुझाउादै प्रतियोगिताको अन्त्य गर्यो । प्रतियोगिताभर अपराजित रहेको सिंगापुर ७ अंकका साथ विजेता बन्दा ४ अंकका साथ कतार दोस्रो स्थानमा रह्यो । ३ अंक जोडेको कुवेत चौथो र २ अंक जोडेको मलेसिया अन्तिम स्थानमा रहे। नेपालले पहिलो खेलमा कतारलाई नतिजा सुम्एिको थियो । त्यसपछिका दुई खेलमा क्रमश: मलेसिया र कुवेतलाई हराउादै शीर्षताको होड कायम राखेको थियो ।
कतारले प्रस्तुत गरेको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा मात्र १ सय ९ रनमा अलआउट भयो । नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वा्धिक ३९, दीपेन्ऽसिंह ऐरीले २३, कप्तान पारस खड्काले १२ र सोमपाल कामीले ११ रन जोडे । अन्य कुनै पनि ब्याटस्म्यानले दोरोहो अंकसमेत छुन सकेनन् ।
पहिलो विकेटका लागि पारस र ज्ञानेन्द्रले २७ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुआतको संकेत गरेका थिए । सिंगापुरका अम्जद महमुदले चौथो ओभरको पहिलो बलमा पारसलाई पवेलियनको बाटो देखाएका थिए । दोस्रो विकेटका लागि ज्ञानेन्द्र र शरद भेषावकरले २७ रनकै साझेदारी गर्दै नेपालको इनिङ उकास्ने प्रयास गरेका थिए । तर ज्ञानेन्द्र सातौं ओभरको तेस्रो बलमा सेलाडोर विजयकुमारबाट बोल्ड भएसँगै नेपालको विकेटपतन सुरु भएको थियो । नेपालले ५५ रन जोड्दा बााकी ८ विकेट गुमाएको थियो ।
आक्रामक ब्याटिङ गरेका ज्ञानेन्द्रले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । त्यस लगत्तै अर्को ओभरमा शरद पनि पवेलियन फर्किएका थिए । शरदले ७ रन मात्र जोडे। शरद पवेलियन फर्किएपछि ब्याटिङका लागि आएका दीपेन्द्रले एक इनिङबाट नेपालको रन गति बढाउने प्रयास गरे पनि उनलाई अन्य कुनै पनि ब्याट्सम्यानले दरिलो साथ नदिँदा नेपाल लज्जास्पद हार व्यहोर्न बाध्य भएको थियो । २२ बल खेलेका दीपेन्द्रले १ चौका र १ छक्का प्रहार गरे ।
नेपालको चुनौती सस्तोमा समेट्ने क्रममा सिंगापुरका विययकुमारले ४ तथा विनोथ भास्करणले २ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९१ रनको योगफल तयार पारेको थियो । १० रन जोड्दा सिंगापुरका ओपनर सुरेन्दन चन्द्रगोपाललाई करण केसीले ज्ञानेन्द्र मल्लबाट क्याच गराउादै नेपाललाई पहिलो सफलता दिलाएका थिए । तर दोस्रो विकेटका लागि अर्का ओपनर रोहन रंगराजन र टिम डेविडले ८९ रनको साझेदारी गर्दै सिंगापुरको इनिङ उकासेका थिए । अविनाश बोहोराको बलमा भेषावकरबाट क्याच हुनुअघि रंगराजनले ३३ बलमा ३ चौका र ४ छक्काको मद्दतमा ४९ रनको योगदान गरे । डेविडले तेस्रो विकेटका लागि मनप्रीत सिंहले ६६ रनको साझेदारी गर्दै सिंगापुरलाई विशाल योगफलतर्फ डोर्याएका थिए । ४३ बल खेलेका डेविडले ८ चौका र ३ छक्काको मद्दतमा ७७ रन जोड्दा मनप्रीतले २७ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४२ रन जोडे। नेपालका अविनाश बोहोराले ४ र करण केसीले २ विकेट लिएका थिए ।
यता ४ ओभर बलिङ गरेका स्पिनर वसन्त रेग्मीले ५४ रन र सन्दीप लामिछानेले ३ ओभरमा ३४ रन खर्चिए पनि विकेटविहीन बने । ४ खेलमा २ जित र २ हारको नतिजा ल्याएको नेपालले ४ अंकका साथ तेस्रो स्थानमा चित्त बुझाउादै प्रतियोगिताको अन्त्य गर्यो ।
नेपालको पहिलो प्रतिद्वन्द्वी भारत
अगस्ट अन्तिम सातादेखि भारतमा आयोजना हुने यु–१५ पुरुष साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा घरेलु टोलीको सामना गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले हालै सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालको प्रतिद्वन्द्वी आयोजक भारत भएको हो । आयोजकसँगको प्रतिस्पर्धाबाट नै प्रतियोगिताको उद्घाटन हुनेछ । दक्षिण एसियाका पाँच देशले सहभागिता जनाउने प्रतियोगितामा नेपालको पहिलो खेल अगस्ट २१ (भदौ ४) मा खेल्ने तालिका सार्वजनिक भएको हो ।
प्रतियोगितामा आयोजक भारतसहित नेपाल, बंगलादेश, श्रीलंका र भुटानले सहभागिता जनाउँदै छन् । नेपालले दोस्रो खेलमा श्रीलंकासँग अगस्ट २३ मा खेल्नेछ भने तेस्रो खेल बंगलादेशसँग अगस्ट २७ र अन्तिम खेलमा भुटानसँग अगस्ट २९ मा प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
यसअघि यु–१६ च्याम्पियनसिपबाट खेलाउँदै आए पनि पाँचौं संस्करणबाट यु–१५ को नामबाट सञ्चालन गरिएको हो । अघिल्लो संस्करण नेपालमा आयोजना हुँदा यु–१५ बाट सञ्चालन गरिएको थियो । नेपालको आयोजनामा बंगलादेशले उपाधि जित्दा घरेलु टोली नेपाल चौथो स्थानमा खुम्चिएको थियो ।
तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा नेपाल भारतसँग १–० ले पराजित भएको थियो । उक्त संस्करणमा पाकिस्तान र श्रीलंकाले अन्तिम समयमा सहभागिता नजनाउने भएपछि नेपालले प्रतियोगिता आयोजना गर्ने जिम्मा पाएको थियो । त्यसपछि दक्षिण एसियाका ६ टोलीलाई दुई समूहमा विभाजन गरी नेपालमा आयोजना गरिएको थियो ।
अघिल्लो संस्करणमा सहभागिता जनाएका माल्दिभ्स र पाकिस्तानले भारतमा हुन लागेका प्रतियोगितामा भाग लिएका छैनन् । अघिल्लो संस्करण आन्तरिक कारण देखाउँदै सहभागि नजनाएको श्रीलंकाले यो संस्करणमा भने भाग लिएको छ । प्रतियोगिता भारतको पश्चिम बंगालस्थित कल्याणी रंगशालामा आयोजना हुने साफले जारी गरेको तालिकामा उल्लेख गरेको छ ।
जापानमा नेपाली खेडाली विजयी
जापानको नागोया शहरमा भएको किक बक्सिंग प्रतियोगितामा नेपाली खेलाडी विजयी भएका छन् । ‘हिट ४५’ नामक प्रोफेसनल किक बक्सिङ प्रतियोगितामा नेपाली युवा खेलाडी अविरल घिमिरे ‘हिमालयन चितुवा’ले बोलिभियाका च्याम्पियनलाई हराएर विजयी बनेका हुन् । नेपालको प्रतिनिधित्व गर्दै नेपाली चन्दसूर्य अंकित झण्डाका साथ नागोया कांग्रेस केन्द्रको हलमा आईतवार दिउासो सााढे २ बजे रिंगमा उत्रिएका अविरलले बोलिभियन च्याम्पियन फ्रान्को गुथीलाई दोस्रो राउन्डमै पराजित गरे । विजयी भएसँगै घिमिरेले जापानी येन नगद एक लाखसहित ट्रफी र मेडलसमेत प्राप्त गरेका छन् । हालसम्म घिमिरेले खेलेका खेलमध्ये १२ वटामा ३ एमेच्योर, २ वटा सेमी प्रोफेसनल र ७ वटा प्रोफेसनल खेलमा ११ वटा जित हासिल गरिसकेका छन् । जसमध्ये ७ वटा प्रोफेसनल खेलमा ५ वटामा नकआउट गरि जितेका थिए । उनको आगामी भिडन्त रिभेन्ज फाईट ब्राजिलियन खेलाडीसंग हुनेछ । आफनै लगानी र बलबुताले प्रवास रहेर पनि नेपालको शीर उच्च राख्दै आएका अविरलले किक बक्सिंगको माध्यमबाट नेपाल नाम राख्न पाउँदा गर्वले छाती चौडा हुने गरेको बताए ।
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौँ- उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।...
विराटनगर– कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमवार विश्वासको मत लिँदैछन्...
Join our emo dating website and luxuriate in a great and safe...
Enjoy the many benefits of online dating Single men are always looking for...
Meet the absolute most eligible single black men Single black guys will always...