युटिएसका नेपाली बिद्थार्थीहरुले नयाँ बर्ष मनाए
-- The NTA ?>
बहु-संस्कृतिक अस्ट्रेलियाको युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (युटिएस) बिश्वबिद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले अन्य देशका सहपाठी हरु संग-संगै यस पटकको नेपाली नयाँ बर्ष मनाएका छन । युटिएसका नेपाली बिद्थार्थीहरु संस्था युटिएस नेप्लिज सोसाइटीले गत अप्रिल ९ शनिबारको साँझ दिन बिश्वबिद्यालयको थियटरमा बिबिध कार्यक्रम सहित नयाँ बर्ष मनाएका थिए । सोहि बिश्वबिद्यालयमा अध्यानरत श्रीलंकन बिधार्थीहरुको संस्था युटिएस तामिल सोसाइटीले पनि यो पटक नेपाली बिधार्थीहरु संग सहकार्य गर्दै श्रीलंकन नयाँ बर्ष मनाए । दुइ देशका संस्था दुइ देशका बिधार्थी र मिश्रित दर्शकहरु बीच सम्पन्न सो कार्यक्रममा दुवै देशका बिबिध संस्कृतिक प्रहसनहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा ब्रह्मास्त्रको तर्फबाट जय घलेले -यो मेरो नेपाल,यो हाम्रो नेपाल – भन्ने बोलको राष्ट्रिय गित गएका थिए भने श्रीलंकन विद्यार्थीको समुहले तबला, बाँसुरी सहित बिभिन्न सांगेतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाली संघ-संस्थाका प्रतिनिधिहरु, बिधार्थीहरु एबम श्रीलंकन समुदयका बिभिन्न व्यक्तित्वहरुको उपस्थिति थियो ।
दुइ देशका भेष-भुषा रहन-सहन समेटिएका प्रस्तुतिहरुले कार्यक्रमलाई नितान्त भिन्न स्वाद दिएको थियो । युटिएस नेप्लिज सोसाइटीका सभापति विजय सापकोटाले आफुहरुले सोचे जस्तै यस बहु-संस्कृतिक, देशमा बहु-संस्कृतिक आयोजक र सहभागी बीच कार्यक्रम सम्पन्न गर्न सकेकोमा प्रसन्नता व्यक्त गर्दै सबै प्रायोजक स्वयंसेवी र अवसरको लागि अध्यनरत बिश्वबिद्यालयलाई धन्यबाद व्यक्त गरेका थिए । त्यस्तै श्रीलंकन एसोसिएसन अफ एन.एस्.डव्लुका सभापति अजित करुणाले पनि नेपाली विद्यार्थीहरु सँग आफ्नो संस्कृति देखाउदै, नेपाली संस्कृति हेर्दै गर्दा निक्कै भिन्न अनुभब भएको र यसलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिन अनुरोध गरे । त्यसै गरि कार्यक्रममा एनआरएनएको तर्फबाट केन्द्रिय प्रबक्ता रन्जु वाग्ले थापाले बहुसंस्कृतिक यस देशमा रहेर भिन्न संस्कृति संग हातेमालो गर्दै नयाँ बर्ष मनाउने यस कार्यक्रमको प्रशंसा गर्नु भयो । थापाले यस्ता कार्यक्रमहरु यहाँका अन्य समुदायहरु सँग पनि गर्नु पर्ने जिकिर गर्दै युटिएस नेप्लिज सोसाइटीले यसको शुरुवात गरेकोमा धन्यबाद दिनुभयो ।
यसै बिच युटिएस नेप्लिज सोसाइटीका मिडिया संयोजक निश्चल सिंह भण्डारीले एक प्रेस बिज्ञप्ति जारी गर्दै सोसाइटीले हालै श्रीलंकन बिद्यार्थीहरुको सहकार्यमा सम्पन्न गरेको नेपाली एबम श्रीलंकन नयाँ बर्ष कार्यक्रममा सहयोग पुराउने हुने सबैलाई संस्थाको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्नु भएको छ ।
(नोट: यस अगाडी नेप्लिज सोसाइटीका तर्फबाट प्राप्त फोटाहरु सँस्थाले आफ्नो स्वामित्वको नभएको जानकारी गराएकाले पोस्टबाट हटाइएको छ । )