फ्यूजन टेकको नवौं साधारणसभा सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, अशोज १२, २०७६
अष्ट्रेलियाका बिभिन्न राज्यहरुमा बसोबास गर्दै आएका नेपाली ईन्जिनियरहरु बाट सन्चालित फ्यूजन टेक प्रा.लि.को नवौं साधारणसभा गत सेप्टेम्बर २८ का दिन सिड्नीमा सम्पन्न भएको छ । सन २०१० मा बिधिवत रुपमा दर्ता भई अस्ट्रेलियामा बस्ने ३८ जना ईन्जिनियरहरु सम्मिलित यस संस्थाले सामुहिक ब्यबसायिक लगानीको को ढाँचामा लागनी गदै आइ रहेको छ।
सम्पन्न साधारण सभामा संस्थाका बोर्ड अध्यक्ष सानुकाजि महर्जनले गत बर्ष संस्थाले अरेका प्रगति र कार्य विवरण प्रस्तुत गरेका थिए। संस्थाका बोर्ड सदस्य  अर्जुन पोख्रेल, सुभाश सापकोटा, भुषण प्रधान, अदित श्रेष्ठ, अरुण श्रेष्ठ, चिज कुमार श्रेष्ठ र सल्लाहकार भुपेन्द्र केसीले संस्थाका बर्तमान र आगामी कार्य योजनाको बारेमा आ-आफ्ना विचार राखेका थिए।   फ्यूजन टेकले करिब ४ मिलियन डलरका बिभिन्न परियोजनाहरु सिड्नी र मेलबर्नमा अगाडी बढाइरहेको पनि जानकारी गराइएको थियो । संस्थाले बर्तमान अध्यक्ष सानुकाजि महर्जनलाई आगामी बर्षको लागि सोहि जिम्मेवारीमा दोहराउने निर्णय गरेको छ ।  यसै गरि बोर्ड सदस्यहरु मा अर्जुन पोख्रेल, भुषण प्रधान, सुभास सापकोटा, अनिल श्रेष्ठ, अरुण श्रेष्ठ र चिज कुमार श्रेष्ठ रहेका छन् भने  सल्लाहकारमा भुपेन्द्र केसीलाई चयन गरेको छ।