भिक्टाेरियामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, अशोज १९, २०७६

गत ३० सेप्टेम्बरमा मेल्वर्न विगवेली रेष्टुरेन्टस्थित एनआरएनए भिक्टोरियाको आयोजन र कंडेल कन्सल्टेन्सीको प्रायोजनमा दसैं, तिहार लगायत आउँदै गरेका चाडपर्बहरु म्हः पूजा, नेपाल संम्वत तथा छठ पर्बका उपलक्ष्यमा विद्यार्थीहरुसँग शुभकामना आदानप्रदान तथा अन्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली विद्यार्थीहरुको बाक्लो उपस्थितीमा सम्पन्न यस कार्यक्रममा ब्रिसबेनमा हालै सम्पन्न राष्ट्रिय स्तरको नृत्य प्रतियोगितामा विजयी भएका भिक्टोरिया राज्यका भाइबहिनीहरुलाई सम्मान पनि गरिएको थियो ।
त्यस्तै, कार्यक्रममा उपस्थित विद्यार्थीहरु उज्वल अधिकारी, पुष्पा खड्का, मोनिका तामाङ्ग, अञ्जली तिमिल्सिना, सुशान्त योञ्जन लगायतले आफ्नो विद्यार्थी जीवनमा भोगिरहेको अनुभव तथा एनआरएनले विद्यार्थीहरुलाई गरेको सहयोगकाे बारेमा पनि चर्चा गरेका थिए ।
भिक्टोरियाका लागि नेपाली अबैतनिक महावाणिाज्यदूत चन्द्र योन्जन, गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष केशव कंडेल, उपाध्यक्ष प्रेम कंडेल, निवर्तमान अध्यक्ष टोनु घोताने, न्याभका अध्यक्ष तारा गैरे, नारी निकुञ्ज भिक्टोरियाका संयोजक काजल किरण, एएनएमसीका अध्यक्ष डा.चन्द्र दीपक पोखरेल, दिदी बहिनी समाजको पूर्वअध्यक्ष डा. सावित्रा काफ्ले, एनआरएनए एसीसी मेम्बर गणेश कंडेल, साँस्कृतिक अभियन्ता राम गुरुङ लगायतले अष्ट्रेलिया बसाइका आआफ्ना अनुभव सुनाउँदै उपस्थित विद्यार्थीहरुलाई उत्प्रेरणा दिंदै चाडपर्वको शुभकामना दिएका थिए ।
एनआरएनए भिक्टोरीयाका सचिव नारायण कटुवालले संचालन गरेको कार्यक्रममा प्रायोजनकोतर्फबाट कडेँल कन्सल्टेन्सिका डिरेक्टर खगराज कडेँल , एनआरएनए भिक्टोरीया संस्थाबाट संयोजक प्रेम कंडेल तथा उपसंयोजक मणिरतन सापकोटाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संयोजन एनआरएनए भिक्टोरीयाका  यूथ संयोजक बविन मिश्र र एनआरएनए एसीसी मेम्बर तिलक सापकोटाले गरेका थिए । कार्यक्रममा शोभा बढाउन कवियत्री अनु श्रीले कविता बाचन गरेकी थिईन् ।