रिचा स्मृति क्रिकेट प्रतियोगिता रोचक बन्दै

-- निरु त्रिपाठी / नेपाली टाईम्स मेलबर्न / प्रकाशित मिति : मङ्लबार, कार्तिक ५, २०७६
केही महिना अगाडि मेल्बर्नमा क्यान्सरबाट मृत्यु भएकी रिचा श्रेष्ठको सम्झनामा उनका श्रीमान् विवेक श्रेष्ठ जो भिक्टोरीयन नेप्लीज क्रिक्रेट एशोसियसनका अध्यक्ष पनि रहेका छन् लगायत अन्य क्रिकेट क्लबको सहकार्यमा गत अक्टोबर १३ देखि रिचा स्मृति क्रिकेट प्रतियोगिता भइरहेको छ । विशेषगरी सगरमाथा क्रिकेट क्लब मेलबर्नले आयोजनामा गरेको उक्त रिचा स्मृति क्रिकेट प्रतियोगितामा दोश्रो चरणको म्याचहरु सकिएको छ ।
प्रतियोगितामा रोयल राईनो क्रिकेट क्लब, सगरमाथा क्रिकेट क्लब ‘ए’ र नरी किङ्सले दोस्रो जित हात पार्दा एक्सपर्ट क्रिकेट क्लब र सगरमाथा बिर्लियन्ट ‘बि’ ले एक एक जित गरेका थिए । एक्सपर्ट क्रिकेट क्लबले सगरमाथा बिर्लिएन्टलाई २१ रनले पराजित गर्दा रोयल राईनो क्रिकेट क्लबले द हिमालयन क्रिकेट क्लबलाई ४८ रनले पछि पारेको थिए । त्यसैगरी सगरमाथा क्रिकेट क्लब ‘ए’ ले रोयल राईनो ‘बि’ लाई ७ विकेटले पराजित गरेको थियो । त्यससँगसँग्र नरे किङ्सले पहिलो सतकिय इनिङ्समा गोर्खाली क्रिकेट क्लबलाई १ सय ४१ रनको अन्तरालमा पराजित गरेको थियो । १७ नोवेम्बर सम्म चल्ने प्रतियोगितामा ८ वटा नेपाली क्रिकेट टिमहरुको सहभागीता रहेको छ ।

यस अघि पहिलो म्याचमा भएको खेलमा सगरमाथा ब्रिलियन्टले द हिमालयन क्लबलाई ४ विकेटले पराजित गरेको थियो जहाँ म्यान अफ द म्याच ब्रिलियन्टका भुषण श्रेष्ठ बनेका थिए । सगरमाथाको अर्को टोली सगरमाथा ‘ए’ ले गोर्खाली क्रिकेट क्लबलाई ८१ रनले हराएको थियो । सोही खेलमा सगरमाथा ‘ए’को म्यान अफ द म्याच दिपेन रायमाझी भएका थिए । रोयल राइनोज क्रिकेट क्लब ‘ए’ ले एक्स्पर्ट क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो । रोयलका लागि ३ विकेट लिएका युत्सब पोखरेल खेलका म्यान अफ द म्याच भएका थिए । त्यस्तै अर्को खेलमा नार्रेले रोयल राइनोज क्रिकेट क्लब ‘बी’ लाई पराजित गरे पछि किरण कडेल म्यान अफ द म्याच भएका थिए ।
श्रेष्ठ पत्नी एकदमै हँसिलो, मिजासिलो र सधै मैदानमा आएर खेलाडिहरुलाई प्रोत्साहन गर्ने हुँदा उनैको सम्झनामा सबैले उनलाई तालिले धन्यबाद दिदै यस प्रतियोगिता शुरु गरेका थिए ।