एमएनसीभीको सातौँ छठ पर्व मेल्वर्नमा मनाउँदै
नेपालको विभिन्न ठूला चाडपर्वहरु मध्ये छठ पनि विशेष रहेको छ । विशेषता नेपालको तराई भागमा मनाउने उक्त पर्व आजकाल नेपालको विभिन्न भाग लगायत विदेशमा रहेका नेपालीहरुले पनि मनाउँदै्र आएका छन् । यही पर्थालाई शिरोधार्य गर्दै मेल्वर्नमा पनि मधेशी कम्यूनिटि इन भिक्टोरीयाले विगत सात वर्षदेखि छठ पर्व हर्षोल्लासका साथ मनाउँदै आएको छ ।
यही नोभेम्बर दुई र तीन एडवर्ड लेक पार्क रिजेर्भरस्थित पूजाअर्चना सहित भव्यताको साथ छठ मनाइने भएको छ । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई पूजा गरेर भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने भएकोले विशेष गरि छठ दुई दिनको हुन गएको हो । यस छठपर्वमा मधेसी समुदायको मात्रै सहभागिता नभई अन्य विभिन्न बहुसाँस्कृतिक समुदायहरुको पनि पूजाअर्चना र कार्यक्रममा उपस्थिति भएर छठ पर्व मनाउने गरिन्छ । एडवर्ड लेकमा हुने यस पर्वमा निम्तालु मात्रै नभई सर्वसाधारण जो कोहीपनि उपस्थित भएर पसाद ग्रहण गर्न सकिनेछ ।
नेपाली टाइम्स मेल्वर्नसँग कुराकानी गर्दै मधेसी कम्यूनिटि इन भिक्टोरीयाको अध्यक्ष डा. सुरेन्द्र रौनियारले यसवर्ष छठ पर्वको संयोजक रसनीस शाह रहेको बातएका छन् । सदाझैँ यसवर्षपनि छठ पर्व भव्य बनाउन सबै साथभाइहरु लगि परेको उनले बताएका छन् । हामी विदेशमा रहेपनि हाम्रो लोक आस्थाको महान् पर्व छठलाई विर्सन नदिन र यस पर्वको आस्थालाई जगाइराख्न नै भिक्टोरीयाको मद्येशी समुदायले हरेक वर्ष छठ कार्यक्रम गर्ने गरेको बताएका छन् । त्यस्तै उनले यस पर्वलाई एउटै समुदायमा मात्रै सिमित नराखेर अन्य विभिन्न समुदायमा पनि पुर्याएर यस पर्वको महत्व र धार्मिक आस्थाको बारेमा बुझाउनु पनि हाम्रो प्रयास हो भन्दै यही प्रयासलाई द्रुतगति दिन र सहयोग गर्न यसपालिपनि अष्ट्रेलियन समुदाय, सव कन्टिनेन्ट मुलुकको मानिसहरुदेखि लिएर अन्य बहुसाँस्कृतिक समुदायहरुलाई पनि पर्वमा समावेश हुन आग्रह गरेका छन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वलाई शुद्धता, सद्भाव र आस्थाको प्रतीक मानिन्छ । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो । यस पर्वमा धनी, गरिब, तल्लो माथिल्लो जात जस्तो भेदभावलाई छोडेर सबै जातजाती, वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चना गर्ने गरिन्छ । घरमा सुखशान्ति, परिवारको सफलता, सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य, समृद्धि, चर्मरोग निको हुने र मनोकामना पूर्ण हुने जनविश्वास अनुरुप पारस्परिक आत्मीयता र सद्भावपूर्ण यो पर्व विशेष रुपमा मनाउने गरिन्छ ।
खासगरी नेपालमा मैथिली, भोजपुरी, चौधरी, थारुलगायतका समुदायमा मात्र सीमित रहेको छठपर्व विगत केही दशकदेखि क्रमिक रुपमा नेपाली भाषाभाषी, बङ्गाली, मारवाडी, राजवंशीलगायतका अन्य परिवारले पनि मनाउन थालेका छन् । २०४६ सालदेखि नेपालमा जब सरकारले यस पर्वका दिन सार्वजनिक बिदा दिन थाल्यो तबदेखि छठ तराईमा मात्रै सिमित नभई काठमाडौँ लगायत अन्य ठूलठूला शहरमा पनि छठ मनाउन थालेको हो ।
छठ पर्व सम्बन्धि केही किबदन्तीहरु
छठ माताको विषयमा श्रीमद्देवी भागवत् पुराणमा विशेष रुपमा उल्लेख गरिएको छ । उल्लेख गरे अनुसार एउटा प्रतापी राजा थिए तर राजाको सन्तान थिएन । सन्तानका लागि राजाले यज्ञ गरे । महर्षि कश्यपले यज्ञको लागि पकाइएका खीर रानी मालिनीलाई प्रसादको रुपमा खान दिए । त्यो खीर ग्रहण गरेपछि रानीले पुत्रलाई जन्म दिइन् तर पुत्र मृत अवस्थामा जन्म लिए ।
मृत सन्तान जन्मेको खवरले राजा विह्वल भए । मृत सन्तानको अन्तिम संस्कार गर्ने क्रममा राजा श्मशानघाटमै प्राण त्याग गर्न खोजे । सोही समयमा दिव्यरथमा सवार एक देवी प्रकट भइन् । राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै उनले राजाको मृत बच्चालाई काँखमा उठाएर जीवित पारिन् । त्यसपछि, देवीले मेरो पुजा गर्नु र प्रजालाई पनि पूजा गर्न सल्लाह दिइन् । देविले मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र घरबाट दरिद्रताको अन्त्य हुने उपदेश पनि दिइन् र कात्तिक शुक्ल षष्ठी तिथिमा सो घटना भएकाले सोही तिथिबाट छठपर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ । षष्ठी शब्दको अपभ्रंश हुँदै छठी पर्वको रुपमा परिणत भएको विश्वास गरिन्छ ।
त्यस्तै यस पर्वमा भगवान रामको कथापनि जोडेको पाइन्छ । भगवान् राम १४ वर्षको बनवासको अवधिमा रावणको बध गरेका थिए । सो अवधि पूरा हुनासाथ कात्तिक औँशीको तिथिमा राम अयोध्या फर्केका थिए । भगवान् राम अयोध्या फर्केपछि राज्यकाज सञ्चालन गर्नुभन्दा पहिले ब्राह्मण रावण हत्याको पापबाट मुक्त हुनका लागि ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिएछन् । दिपावलीको आठ दिनभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्राह्मण हत्याको पापबाट मुक्त भएका थियो । सोही तिथिमा छठ पूजासँगै सूर्यको पूजा पनि गर्न थालिएको विश्वास गरिन्छ ।
यस पर्वमा नयाँ बाँसको टोकरी, कोनियाँ, पंखाका साथै प्रसादका रुपमा केरा, उखु, फलफूल, पान, सुपारी, भण्टा, मूला, सुथनी, अँकुरी, अलुवा, जुटा र पकवानको रुपमा ठेकुवा, भुसुवा र मिठाई प्रसादको रुपमा चढाउने गरिन्छ । अस्ताउँदो सूर्यलाई अघ्र्यको रुपमा चढाइएका प्रसाद पुनः उदाउँदो सूर्यलाई अर्पन गर्न सकिन्छ वा नयाँ पकवान अघ्र्यको रुपमा अर्पन गरिन्छ । तर, उदाउँदो सूर्यलाई अघ्र्य अर्पन नगरेसम्म प्रसाद वितरण गर्न पाइँदैन । यो पर्व नियम निष्ठा एवं पवित्रताका साथ मनाउने पर्वको रुपमा रहेको छ । यो पर्व खासगरी राखिएका भाकल पूरा भएपछि मात्र गर्ने गरिन्छ । एकपल्ट शुरु गरेपछि प्रत्येक वर्ष गर्ने गरिन्छ । यो पर्वमा ब्रतालुले पहिलो दिन स्नान गरी चोखो खाने गर्दछन् । यस दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि पनि छ ।
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
Find love online: the simplest way to meet gay jewish singles Dating gay...
काठमाडौं– कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की नियुक्त भएका छन् । कार्की...
काठमाडौं– आज बुधवार मातातीर्थ औँशी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
Find sex tonight with hot females looking for action Looking for some fun...