अष्ट्रेलिया डे काे अवसरमा विविध कार्यक्रमहरु हुँदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : सोमवार, माघ ६, २०७६

‘ईपिङ वलर्ट नेप्लिज कम्युनिटी‘ले अष्ट्रेलिया डे को अवसरमा “EWNC Australia Day Fete” आयोजना गर्ने भएको छ। जनवरीको २७ मा हुने कार्यक्रम दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म हुने आयोजक संस्थाले जनाएको छ।

कार्यक्रम अरोरा टाउन सेन्टर पार्क, ईपिङमा हुनेछ। सहभागीहरुका लागि  खेलकूद, संगीत तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम राखिएको आयोजक संस्थाले बताएको छ।  कार्यक्रममा बाल-बालिकाहरूको लागि रुमाल लुकाई तथा फेस पेन्टिङ जस्ता गतिविधिहरू राखिएको छ भने वयस्कको लागि  थङ थ्रोईङ कम्पिटिसन, चुङ्गी कम्पिटिसन राखिएको छ। यसै गरी ५० वर्ष भन्दा माथिकाहरूको लागी घैँटो फुटाउने कार्यक्रम रहेको छ। स्थानीय कलाकारहरूको प्रस्तुति रहने कार्यक्रममा म्युजिक तथा जुम्बा डान्स साथै फुड स्टलहरू पनि रहने छन्।

विगतका वर्षहरूमा नेपाली समुदायको बिचमा अस्ट्रेलिया डे को कार्यक्रम गर्दै आएको आयोजकले यस वर्ष भने सम्पूर्ण समुदाय सहभागी हुन मिल्ने गरी कार्यक्रम राखेको छ। सिटी अफ विटलसिको स्वीकृतिमा हुन गईरहेको कार्यक्रममा बहु-सांस्कृतिक समुदायको उल्लेख्य संख्यामा उपस्थिति रहने आयोजकले अपेक्षा राखेको छ।

कार्यक्रमको मुख्य प्रायोजकको रुपमा Multi Dynamic – Melbourne रहेको छ। त्यसैगरी विशेष प्रयोजकहरूमा Costco Wholesale, Lekali Restaurant and Function Center र Better Choice Mortgage & Finance रहेका छन्।

साथै BMW Education Consultancy, New Concept Finance र Buddha Tours & Travels ले  विभिन्न खेलकुदका गतिविधिहरूको प्रायोजन गर्नेछन्।