अष्ट्रेलियामा नेपाली बिद्यार्थीको मृत्यु
सन २००९ मा सुन्दर सपना सजाउने कल्पना गर्दै बिद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए धादिङ जिल्ला घर भइ काठमाडौं सानो भर्याङ बस्ने मिलन अधिकारी । दिनभर काम र पढाइको थकान मेटाउन उनि कयौ रात सुते । हिजोपनि उनि त्यसैगरी सुते तर कहिल्लै नउठ्ने गरी ।
३८ पार्क अभेन्यु बरउडमा अन्य ३ साथीहरु सँग बस्दै आएका मिलन अधिकारी हिजो साँझ सकुशल सुतेका थिए तर बिहान उनि मृत अवस्थामा भेटिए । गए राती करिब १ बजे तिर कोठामा बस्ने सबैजना खाना खाएर हासखेल गर्दै सुतेका थिए, बिहान ५ बजे काममा जानुपर्ने मान्छे ५:३० सम्म पनि नउठेपछी अर्को रूममा बस्ने साथी उठाउन जाँदा शरिरमा कुनै हलचल भेटेनन र सबैजना उठेर एम्बुलेन्स बोलाएका थिए । केहिबेरमा एम्बुलेन्स आयो बिशेषज्ञ टोलिसहित र उनिहरुले अधिकारिलाई मृत घोषित गरेका थिए । सँगै सुत्ने धादिङ्कै साथी कृष्ण श्रेष्ठ आफु राती ३ बजे कामबाट थकित भएर आएको र सँगै सुत्दा पनि केहि थाहा नपाएको बताए ।
उनी परिवारको एक्लो छोरा हुन । अष्ट्रेलिया आएको ७ बर्ष भएपनी अझै बिद्यार्थी भिषामा नै रहेको र अहिलेसम्म नेपाल नगएको मृतक अधिकारिकी दिदी अर्पना शर्माले बताउनु भयो ।
मृत्युको कारण खुल्न सकेको छैन, उनको मृत शरिरलाई पोस्ट्मार्टमको लागि लगिएको छ । परिवारले छोराको मुख हेर्ने मन गरे पछी उनको मृत शरिरलाई अन्तिम संस्कारको लागि नेपाल लाने परिवार श्रोतको भनाइ छ ।
उनको परिवार र आफन्तले अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई सहयोगकोलागि अनुरोध गरेका छन् । सहयोगको लागि स्वर्गीय अधिकारीकी दिदीको निम्न खातामा रकम जम्मा गर्न सकिनेछ:
Ac Name: Arpana Sharma kattel
Bsb: 062271
Ac: 10193399
( Commonwealth Bank)
त्यसै गरि धादिंग समाज अस्ट्रेलियाले पनि सम्पूर्ण मनकारीहरु लाई यो विपदमा आफुले सकेको सहयोग गरिदिनु हुन अनुरोध गरेको छ । धादिंग समाज अस्ट्रेलियाको तर्फबाट कोषाध्यक्ष राधिका बाँनियाले सोसियल मिडिया मार्फत निम्न खाता नम्बरमा आफुले सकेको सहयोग गरिदिनु हुनु सबै दाजु-भाई दिदि-बैनीहरुलाई अनुरोध गर्नु भएको छ।
Ac Name: Radhika Baniya
BSB: 732088
Ac: 702739
( Westpac Bank)
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Samita-Giri.jpg)
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/maghiii-L.jpg)
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2025/01/TAMU-SAMAJ-SYDNEY-YEAR-OF-THE-SNAKE.jpg)
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Dila-kharel.jpg)
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/Rabi-Lamichane.jpg)
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
![](http://www.nepalitimes.com.au/wp-content/uploads/2024/12/MRS-Vogue-Nepal-2024.jpg)
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...