अष्ट्रेलियामा नेपाली बिद्यार्थीको मृत्यु
सन २००९ मा सुन्दर सपना सजाउने कल्पना गर्दै बिद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए धादिङ जिल्ला घर भइ काठमाडौं सानो भर्याङ बस्ने मिलन अधिकारी । दिनभर काम र पढाइको थकान मेटाउन उनि कयौ रात सुते । हिजोपनि उनि त्यसैगरी सुते तर कहिल्लै नउठ्ने गरी ।
३८ पार्क अभेन्यु बरउडमा अन्य ३ साथीहरु सँग बस्दै आएका मिलन अधिकारी हिजो साँझ सकुशल सुतेका थिए तर बिहान उनि मृत अवस्थामा भेटिए । गए राती करिब १ बजे तिर कोठामा बस्ने सबैजना खाना खाएर हासखेल गर्दै सुतेका थिए, बिहान ५ बजे काममा जानुपर्ने मान्छे ५:३० सम्म पनि नउठेपछी अर्को रूममा बस्ने साथी उठाउन जाँदा शरिरमा कुनै हलचल भेटेनन र सबैजना उठेर एम्बुलेन्स बोलाएका थिए । केहिबेरमा एम्बुलेन्स आयो बिशेषज्ञ टोलिसहित र उनिहरुले अधिकारिलाई मृत घोषित गरेका थिए । सँगै सुत्ने धादिङ्कै साथी कृष्ण श्रेष्ठ आफु राती ३ बजे कामबाट थकित भएर आएको र सँगै सुत्दा पनि केहि थाहा नपाएको बताए ।
उनी परिवारको एक्लो छोरा हुन । अष्ट्रेलिया आएको ७ बर्ष भएपनी अझै बिद्यार्थी भिषामा नै रहेको र अहिलेसम्म नेपाल नगएको मृतक अधिकारिकी दिदी अर्पना शर्माले बताउनु भयो ।
मृत्युको कारण खुल्न सकेको छैन, उनको मृत शरिरलाई पोस्ट्मार्टमको लागि लगिएको छ । परिवारले छोराको मुख हेर्ने मन गरे पछी उनको मृत शरिरलाई अन्तिम संस्कारको लागि नेपाल लाने परिवार श्रोतको भनाइ छ ।
उनको परिवार र आफन्तले अष्ट्रेलियामा रहेको नेपाली समुदायलाई सहयोगकोलागि अनुरोध गरेका छन् । सहयोगको लागि स्वर्गीय अधिकारीकी दिदीको निम्न खातामा रकम जम्मा गर्न सकिनेछ:
Ac Name: Arpana Sharma kattel
Bsb: 062271
Ac: 10193399
( Commonwealth Bank)
त्यसै गरि धादिंग समाज अस्ट्रेलियाले पनि सम्पूर्ण मनकारीहरु लाई यो विपदमा आफुले सकेको सहयोग गरिदिनु हुन अनुरोध गरेको छ । धादिंग समाज अस्ट्रेलियाको तर्फबाट कोषाध्यक्ष राधिका बाँनियाले सोसियल मिडिया मार्फत निम्न खाता नम्बरमा आफुले सकेको सहयोग गरिदिनु हुनु सबै दाजु-भाई दिदि-बैनीहरुलाई अनुरोध गर्नु भएको छ।
Ac Name: Radhika Baniya
BSB: 732088
Ac: 702739
( Westpac Bank)
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...