न्युजिल्याण्ड नेपाल सोसाइटीले २५औ बार्षिकोत्सव मनायो
न्युजिल्याण्ड नेपाल सोसाइटीले २५ जुलाई २०२० मा अकल्याण्डमा आफ्नो स्थापनाको २५ औ वार्षिकोत्सव मनाएको छ । श्री जोग प्रसाद लिम्बूको अध्यक्षता र सर एडमन्ड हिलारीको संरक्षणमा इस्वी १९९५ मा स्थापित सबैभन्दा पुरानो नेपाली क्रियाशील संस्था हो न्युजिल्याण्ड नेपाल सोसाइटी ।
कार्यक्रमका मुख्य अतिथि अकल्याण्डका मेयर फिल गोफले रजत महोत्सव समारोहको उद्घाटन गर्नु भएको थियो । उहाँले न्युजिल्याण्डमा नेपाली संस्कृति र भाषालाई जीवन्त राख्न गरेको प्रयासको सराहना गर्नुभयो । तेञ्जिङ र एडमण्डले सगरमाथा आरोहण गरेकाले मात्रै भन्दा पनि त्यस पश्चात एडमण्डले नेपाल र नेपालीसँग कायम राखेको निकटताले नेपाल र नेपालीबीच पृथक एवं आत्मीय सम्बन्ध रहेको बताउनु भयो ।
सोसाइटीको रजत जयन्ती समारोहमा अन्य अतिथिहरु न्युजिल्याण्डका सासंदहरु मेलिसा ली, प्रियांका राधाकृष्णन, डा. परमजीत परमार तथा नेपालका लागि कन्सुलर पिटर गिब्सले आफ्नो शुभकामना मन्तब्य राख्नु भएको थियो । उहाँहरूले दुई देशबीचको सम्बन्धलाई निरन्तर प्रगाढ बनाउन तथा न्युजिल्यान्डको संस्कृतिक विविधतामा नेपालको पनि उल्लेख्य स्थान रहेको विचार व्यक्त गर्नुभयो ।
सर एडमन्ड हिलारी पश्चात सोसाइटीको संरक्षकको भूमिकामा रहुनुभएकी लेडी जून हिलारीले न्युजिल्याण्डमा नेपाली समुदायलाई अभिभावत्व प्रदान गरेकोमा विशेष समारोह गरी सम्मान गरिएको थियो । प्रमुख अतिथि फिल गोफ, संरक्षक जुन हिलारी तथा संस्थाका अध्यक्ष डा. सन्तोष भण्डारीले भूतपूर्व कार्यकारी पदाधिकारी एवं सदस्यहरूलाई उहाँहरुको योगदानका लागि प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष डा. सन्तोषले सम्पूर्ण सहभागीहरुलाई स्वातग गर्नु भएको थियो भने मुना ढकालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । नव निर्वाचित कार्यकारी समितिको यो पहिलो कार्यक्रममा १५० भन्दा धेरै नेपालीहरुको सहभागिता रहेको संस्थाका सचिव डा. सञ्जय मरासिनीले बताउनुभयो ।
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
काठमाडौं- कक्षा–१२ को परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर रायमाझीलाई सर्वोच्च...
काठमाडौं- वैशाख १२ को विनाशकारी गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको...
काठमाडौं– वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ ।...
What are the great things about dating with apps for milfs? there are...
Meet singles with craigslist sebring fl personals Craigslist is outstanding resource for singles...
Find your perfect big booty match today Looking for a big booty date?...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...