सिड्निमा ‘भाग सानि भाग’को दोस्रो शो

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७२

bhag-sani-bhagनेपालि कथानक चलचित्र ‘भाग सानि भाग’ले अष्ट्रेलियाको सिड्निमा दर्शकको राम्रो प्रतिक्रियासंगै पहिलो हाउसफुस शो सम्पन्न गरेर दोस्रो शो आयोजना हुने भएको छ । यहि फेब्रअरि २९ तारिखका दिन हर्सभल स्थित सिभिक थियटरमा सांझ ५:३० देखि चलचित्र प्रदर्शन हुन लागेको हो । अष्ट्रेलियाको डार्बिन सहरमा बसोबास गर्दै आउनुभएका ब्यबसायि बिष्णु चापागाईले यस चलचित्रमा लगानि गर्नुभएको छ । चलचित्रलाई अष्ट्रेलियाका सबै मुख्य सहरमा आंफै गएर प्रदर्शन गरिरहेको लगानिकर्ता चापागाईले नेपालि टाइम्ससंगको कुराकानिमा बताउनुभयो । नवल नेपालको निर्देशन रहेको चलचित्र भाग सानी भागमा सविन श्रेष्ठ र केकि अधिकारीको मुख्य भुमिका रहेको रहेको छ । त्यस्तै निर शाह,लय संग्रौला, रमेश बुढाथोकी, रबिन्द्र खड्का, सुशिल पोखरेल लगायतले अभिनय गरेका छन् । चलचित्रको टिकटदर $२५ तोकिएको र बिक्रि भएको हरेक टिकटबाट $२ नेपालमा बिभिन्न सामाजिक काम गर्दै आएको पवित्र समाजसेवा नेपाल नामक संस्थालाई प्रदान गरिने आयोजकले बताए । चलचित्र सम्बन्धि थप जानकारि र टिकटको लागि बिष्णु चापागाईंलाई ०४०५९११५०१ मा सम्पर्क गर्न सकिनेछ ।