अष्ट्रेलियामा नेतादेखि अभिनेतासम्मको ओइरो
ग्लोबमा अलिकति टाढा देखिने अलिकति अपायक देखिने अष्ट्रेलियामा नेपाली आगमनको इतिहास पुरानो होइन । ९० को दशकसम्ममा उपस्थितिको हिसाबले सुन सान नेपाली समुदाय यति बेला एउटा बढ्दो समुदायको रुपमा छ । यहाँका स्थानीयदेखि केन्द्रसम्मका राजनीतिमा अहिले नेपालीको उपस्थिति उल्लेखनीय छ । संस्था स्थापना या यहाँका नेपालीहरू बीचको सामिप्यता वा संगठनिक हिसाबको कुरा गर्नुपर्दा पनि नेप्लिज एसोसिएसन अफ अष्ट्रेलियाले आगामी महिना आफ्नो ४० औ स्थापना दिवस मनाउँदै छ । तर जानकारहरूका अनुसार त्यति बेला यस संस्थामा आबद्द आधाभन्दा धेरै नेपाल र नेपालीलाई माया गर्ने अष्ट्रेलियनहरूको उपस्थिति थियो । त्यस यता र नेपालमा प्रजातन्त्र पुर्नस्थापना पश्चात रोजगार, शिक्षा र उन्नत भबिष्य खोज्दै आउने नेपालीको संख्याले अष्ट्रेलियाको अध्यागमन सूचकमा ठाडै उकालो लाग्यो । यसैको प्रतिफल आहिले अष्ट्रेलियाका मुख्य शहरहरू मात्र होइन वरपरका गाउँ र बस्तिहरूमा पनि नेपालीहरू पुगेका छन् । अर्को तिर अहिले नेपाली समुदाय मात्रका संस्थाहरू संख्या यकिन यति नै भन्न न सकिए पनि हामी संस्था स्थापनाका हिसाबले पनि निक्कै धनी र अगाडि पुगि सकेका छौं ।
नेपालीहरू जहाँ पुग्छन् परिश्रमी, इमान्दारी र मिलनसारको परिचयले आफु वरपर नै सुगन्धित बनाएका छन् त्यस कित्तामा अष्ट्रेलिया कम हुने कुरै भएन । त्यसैले त आहिले शेष घले, चन्द्र योञ्जन, दिपक खड्कादेखि नब उदयमान युवाहरूले नाम र दाम मात्र कमाएका छैनन् अष्ट्रेलियाको अर्थतन्त्रमा उल्लेखेनिय योगदानपनि गरेका छन् । अहिले नेपाली नयाँ बर्ष र मुख्य चाड बाडहरूमा अष्ट्रेलियका प्रधानमन्त्रीदेखि बिपक्षी दलका नेतासम्मले शुभकामना दिनेदेखि कार्यक्रमहरूमा सहभागिता जनाउने हिसाबले पनि हामी सहजै भन्न सक्छौ उनीहरूले हाम्रो उपस्थितिलाई स्वीकारेका मात्र नभई हाम्रा रिति-रिवाज र चाड-बाडहरूलाई समेत हार्दिकताका साथ हेरेका छन् ।
आजको प्रसंग अलिक फरक खालको छ । आलेखको शिर्षकमा जस्तै आहिले बिस्तारै जाडो चड्दै गरेको अष्ट्रेलिया हप्तै पिच्छे र कहिले काँही त हप्तैमा २/३ पटक हुने कार्यक्रमहरूले निकै तातेको छ । केहि वर्ष अगाडिसम्म केहि महिना बिराएर हुने कार्यक्रम त्यसमा पनि नेपालबाट सेलिब्रेटीहरू आएर हुने कार्यक्रमहरू अष्ट्रेलियामा बिरलै हुने गर्दथे । अमेरिका र बेलायत तिर सेलिब्रेटी र नेताहरूको विविध कार्यक्रमहरूको खबर अनलाइन मिडियामा पढ्दा अचम्म मान्ने हामी अष्ट्रेलियाका नेपालीहरूको लागि गएको र यो महिना उत्साहित छ । अष्ट्रेलियामा सेलिब्रेटीहरूको उपस्थितिमा हुने यस्ता कार्यक्रमहरू प्राय: कुनै न कुनै रुपमा परोपकारिता संग जोडिएको पाइन्छ । त्यसमा पनि परोपकरिता संग जोडिएका कार्यक्रममा कलाकार र अभिनेताहरू झनै मन फुकाउछ्न । सहभागिताको दृष्टिले पनि परोपकारितासंग जोडिएका कार्यक्रमहरूमा सहभागीहरू मन खोलेरै उपस्थित जनाउछन । त्यो बाहेक आज भोलि ब्यबसायीक रुपमा समेत बिभिन्न इभेन्ट र कार्यक्रमहरू योजना हुने गरेको पाइन्छ । कुनै निश्चित उमेर समुह वा समुदायलाई लक्षित गरि आयोजना हुने यस्ता कार्यक्रमहरूमा समेत कलाकारहरू आउनुलाई मनोरञ्जनात्मक उद्योगले लिएको प्रगती कै अर्को पाटो मान्दा श्रेस्कयर होला । गत अप्रिल महिना र यो महिनामा मात्र यस्ता कार्यक्रमहरूमा देखिएको नेपाली कलाकारहरूको भिडले यहाँका नेपालीलाई नेपाली कलाकार र सेलिब्रेटीको नियास्रो मेटाइदिएको गीत संगीतका पारखी धेरै युवा-युवतीको धारणा रह्यो ।
मे महिनाको सुरुतिर नै मगर समाजले आयोजना गरेको दोहोरी साँझमा गायक राजु गुरुगं र गायिका रिता थापामगर देखिए, त्यसको लगतै रुपन्देही समाजले आयोजना गरेको एक परोपकारी सांगेतिक कार्यक्रम लामो समयको अन्तर पछाडि यम बराल दर्शक माझ आइपुगे उनले अष्ट्रेलिया बसाईको क्रममा सिड्नी मेलबर्न र एडिलेडमा समेत आफ्नो संगित प्रस्तुती पस्के । उता मेलबर्नमा चितवन समाज भिक्टोरियाको आयोजनामा लोक गायक पशुपति शर्मा र गायिका, सम्झना लामिछाने मगरले निकै शसक्त लोक दोहोरी कार्यक्रम गरे जसमा स्वत स्फूर्त उपस्थित थामी नसक्नु भएको प्रत्यक्षदर्शीहरूले बताए । यति बेलाका चलेका लोक गायक पशुपति शर्मा फेरि पनि तीजताका अर्की लोक गायिका मन्जु पौडेलसँग सिड्नी र मेलबर्न तीज कार्यक्रममा सहभागी हुने बताईएको छ ।
त्यसै गरि कर्ण दास अमेरिका बसाईको १० वर्ष पछाडि अस्ट्रलियालाई आफ्नो पहिलो विदेश यात्राको रुपमा रोजेर यहाँ सिड्नी र मेलबर्नका आफ्ना फ्यानहरूसँग सम्बन्ध नबिकरण मात्र गरेनन् लामो समयको अन्तराल पछाडिको आफ्नो गीति एल्बम ‘एक नयाँ आश’ को बिमोचन गर्नका लागि पनि सिड्नीलाई नै रोजे । नेपाली रजपटमा लामो समयसम्म एकछत्र छाएका भुवन के सी पनि आफ्ना अभिनेता छोरा अनमोल के सीका साथ आहिले अष्ट्रेलियामा नै छन् । उनको अष्ट्रेलिया आगमनको उद्देश्य पनि हालै आफैले निर्माण गरेको चलचित्र ‘ड्रिम्स’ लाई अष्ट्रेलिया प्रिमियर गराई दर्शकहरू संगै बसेर हेर्नु रहेको छ । उनि अष्ट्रेलिया मुख्य मुख्य शहरहरूमा समेत जानेछन् । त्यसै गरि हाँस्य व्यंग क्षेत्रमा छुट्टै पहिचान छोड्न सफल हाँस्यकर्मी एवं अभिनेता विल्सन बिक्रम राई (तक्मे बुढो) पनि हाल अष्ट्रेलियाको बोन्दाई बिच तिर सामाजिक संजालका भित्तामा देखिए, उनि आफ्नो निक्कै चर्चित चलचित्र ‘रातो घर’ लिएर अस्ट्रेलिया आएको बताइएको छ । अबको केहि हप्तामा नै अर्का चर्चित लोक गायिका ज्योति मगरलाई सिड्नीका दर्शकहरूले देख्न पाउने छन् उनि मिलन लामा, हास्यब्यंग्य कलाकार राजा राजेन्द्र र गायक सन्तोष लामाका साथमा ‘नाचौं गाऔं रमाइलो साँझ’ नामक लोक कार्यक्रमले सिड्नी तताउने बताईएको छ । यसको अलवा नेपालमा ख्याती कमाएको हास्यब्याङ्य ‘भद्रगोल’ टिमका जिग्री, कक्रोच र बलेले नितान्त भिन्न कार्यक्रमका बीच यहाँका नेपाली दर्शकलाई छिट्टै मनोरञ्जन गराउनका लागि अष्ट्रेलिया आउँदै छन् ।
यसै गरि नेपाली चलचित्रका पुराना हस्ती लोकप्रिय अभिनेता शिव श्रेष्ठ पनि यति बेला सिड्नी तिरै छन् पारिबारिक भेटघाटको शिल-शिलामा अष्ट्रेलिया आएका भए पनि उनी आफ्ना फ्यनहरूसंग मिट एण्ड ग्रीट लगायत चलचित्रसंग आबद्द कार्यक्रममा सहभागी हुने उनको पारिबारिक श्रोतले जनाएको छ । सिड्नी मै देखिएको पछिल्लो अर्को अनुहार हो राजाराम पौडेल, पाका हास्य विधामा ख्याती कमाएका यी कलाकारको अष्ट्रेलिया आगमन पारिबारिक भेटघाट कै शिलशिलामा भए पनि स्व्भाबैले फरासिला यिनी थुप्रै जमघट र कार्यक्रमहरूमा देखिएका छन् ।
माथिका त भए कलाकारितासँग सरोकार राख्ने र कलाकारिता कै मञ्च र रंगमञ्चमा छाएका छाउने हामी नेपालीका गौरब, हाम्रा सेलिब्रेटीहरू । त्यो बाहेक पनि यति बेला अष्ट्रेलियामा खुलेका विविध राजनीतिक पार्टीका भातृ संघ-संस्थाका कार्यक्रमहरूमा सहभागिता जनाउन राजनीतक पार्टीका नेता र हस्तीहरू अष्ट्रेलिया आउने गरेका छन् । यहि क्रममा यो महिना अष्ट्रेलियाको सिड्नीमा हामीले मधेस आन्दोलनका चर्चित पात्र एवं संघीय समाजबादी फोरमका अधक्ष्य उपेन्द्र यादबलाई भेट्ने र उनको विचार सुन्ने अवसर पाउँदै छाैं । उनि आफ्नो पार्टीको भातृ संस्था नेपाली संघीय समाज अस्ट्रेलियाको कार्यक्रममा आउन लागेको जानाइएको छ । त्यसै गरि एमालेसंग निकट रहेको प्रबासी मञ्च अष्ट्रेलियाको राष्ट्रिय अधिबेशनलाई सम्बोधन गर्न ने.क.पा एमालेका महासचिब ईश्वर पोख्रेल र नेतृ बिन्दा पाण्डे पनि मे महिना मै अष्ट्रेलिया आउने खबर छ । यसको अलाबा धेरै नेपालीका लागि सनसनी पूर्ण लाग्न सक्ने दश बर्षे र माओबादी आन्दोलनका प्रमुख हस्ती ने.क.पा एमावोबादीका अध्यक्ष प्रचण्डको अष्ट्रेलिया आउने खबर पनि यति बेला गाँइगुइँ छ । यदि यो खबर सत्य रहयो र प्रचण्डको व्यस्त कार्यतालिका बीच उनी अष्ट्रेलिया आइपुगे धेरैको लागि उनी माथिल्ला प्याराग्राफहरूमा उल्लेख गरिएका सेलिब्रेटी भन्दा यिनको कार्यक्रममा कम आकर्षण रहने छैन ।
नेता र अभिनेता देशको चौथो अंगको रुपमा रहेको पत्रकारितासंग आबद्द रहेका केहि नाम चलेका पत्रकार र हाल पत्रकार माहासंघका हस्तीहरू प्रेस काउन्सिलका अग्रजहरू पनि अष्ट्रेलिया आउने खबर छ । जगत नेपाल, बद्रि सिग्देल लगायतका पत्रकार हस्तीहरू संगको भेटघाटले यहाँका मिडियाकर्मीहरूलाई समेत जुझारु हुन् एकताबद्ध हुन निश्चय नै सहयोगी रहनेछ ।
अन्त्यमा, कलाकार, नेता अभिनेता, पत्रकार देशबाट परदेशमा त्यो पनि परदेशी नेपालीहरूका माझ पुग्दा ऊ राष्ट्रको प्रतिनिधित्व गर्ने दूत हो । ऊ सबैको साझा अभिभाबक हो, आफ्ना विचार, आफ्ना नाता गोता शुभ चिन्तक पारिबारिक सम्बन्ध कै कारण यहाँ आएका भए पनि सानो ठूलो जमघटमा उनीहरूको विचार सुन्न कला हेर्न लालायीत प्रबासी नेपालीहरूका माझ उनीहरू राष्ट्रका सम्पति हुन् राष्ट्रका गहना हुन् । निश्चित र तोकिएको कुनै कार्यक्रममा सरिक भए पश्चात राष्ट्रिय महत्व राख्ने यस्ता पात्रहरूलाई गुपचुप र सानो तिनो झुण्ड मै राखेर फेसबुक भित्ता रंगाउने र कमाइ खाने भाँडोको रुपमा मात्र प्रयोग नगरी दिए हाम्रा यी अथितिको झन् सत्कार हुनेछ । अर्को तर्फ नेपालबाट आएका यी नेता, अभिनेता र पत्रकारहरूले आफ्नो लामो छोटो बसाइ सकेर नेपाल फर्कदा कम्तिमा आफ्नो क्षेत्रको सानै भए पनि केहि सिकेर नेपाल गए भने त्यो पूरै राष्ट्रको लागि उपयोगी हुनेछ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...