फेब्रुअरिको ‘धमाका नाइट’ मार्चमा सर्यो

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन ६, २०७२

dhamaka-nightपछिल्लो समय अष्ट्रेलियामा हुने हरेक कार्यक्रमहरु मनोरन्जन सँगै परोपकारी पनि हुने गरेका छन । प्रबासमा रहेका नेपालिहरु आफ्नो जन्मभुमी प्रतिको कर्तब्यबोध मनन गरेर यहाँ हुने कार्यक्रको आम्दानीबाट केहि रकम छुट्टाएर नेपालमा समाजसेवा गर्ने गर्छन । यसै क्रममा नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यसाथ स्थापना गरिएको नेपालि कला संस्कृति तथा साहित्य प्रतिष्ठान अष्ट्रेलियाले धमाका नाइट २०१६ आयोजना गर्ने भएको छ । यही मार्च २६ तारिखका दिन हर्सभिलको मरना अडिटरियम हलमा साँझ ६ बजेबाट कार्यक्रम सुरु हुँदै छ । यसअघि फेब्रुअरि २० मा हुने भनिएको यो कार्यक्रम बिभिन्न प्राबिधिक कारणले स्थगन गरिएको थियो । कार्यक्रमको लागी नेपालबाट आधुनिक पप गायक बादल प्रसाई र गायिका प्राश्ना शाक्य अष्ट्रेलिया आउंदै हुनुहुन्छ । कार्यक्रम पुर्ण परोपकारी रहेको र त्यहाँबाट संकलित रकम नेपालमा दृष्टिबिहिन बालबालिकाको शिक्षा सुदृढिकरणमा खर्च गरिने संस्थाकि अध्यक्ष सुजता केसिले नेपाली टाइम्ससंगको कुराकानिमा बताउनुभयो । “हाम्रो संस्थाले अष्ट्रेलियामा नेपाली कला र संस्कृतिलाई प्रबद्दन गर्नको निम्ति बाध्धबादन सामग्रि खरिद साथै संगितका कक्षाहरु संचालन गर्नको लागि पनि केहि रकम छुट्याउने छ” उहांले थप्नुभयो । कार्यक्रमको मुख्य प्रायोजन कमनवेल्थ बैंक अष्ट्रेलियाले गरेको छ भने बाँकी सहयोगि र प्रायोजकहरु छिट्टै सार्बजनिक गरिने आयोजकले बताएका छन । कार्यक्रबारे थप जानकारिका लागि सुजता केसिलाई  ०४०१४२३४३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।