‘शान’ को साधारण सभा सम्पन्न

स्थापना देखि नै बिभिन्न परोपकारि कामहरु गर्दैआएको सपोर्टिङ्ग हेन्डस् अष्ट्रलिया नेटवर्क (शान) को तेश्रो साधारण सभा क्यान्टवेरी फंसन सेन्टर क्यान्टवेरी सिड्नीमा गत मे ८ का दिन समाजसेवी ईन्द्रा वनको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सभाले हरि क्षेत्रीको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमितिको गठन गरेको छ । संस्थाका अन्य पदाधिकारीमा उपाध्यक्ष गोपाल श्रेष्ठ, कोषाध्याक्ष गणेश आचार्य, महासचिव हरि राम्जाली, सचिव बिक्रम बहादुर खत्री र सदस्यहरुमा नर के सी, पदम छन्त्याल, प्रेम भण्डारी, राजकुमार भण्डारी, निर्मल बानिया, हरि भण्डारी, मनोज अधिकारी, शुशील आचार्य, मोहन जि.सी. मदन घर्ती, खगेन्द्र घर्ती र प्रेमबहादुर खत्री रहेका छन्।
संस्थाका संस्थापक सल्लाहकार टिका कार्कीको संयोजकत्वमा सम्पन्न उक्त साधारण सभाले निवर्तमान कोषाध्यक्ष शिव श्रेष्ठको आर्थिक प्रतिवेदन तथा सचिव विक्रम खत्रीको संस्थाको प्रगती प्रतिवेदन पारित गरेको थियो । कार्यसमितिका सल्लाहकारहरुमा इन्द्रा वन, टिका कार्की, देव गुरुङ्ग, केशव सापकोटा, महेन्द्र श्रेण्ठ र नेपाल सल्लाहकार गंगाधर अधिकारी हुनुहुन्छ। कार्यक्रममा प्रमुख अतिथि एबम संस्थाको नबनियुक्त सल्लाहकार सुश्री इन्द्रा वनले नयाँ कार्यसमितिलाई बधाई दिदै आफ्नो तर्फबाट संस्थाका आगामी दिनमा संस्थाको सबै परोपकारी कार्यमा आफ्नो सहयोग र सदभाब रहने बताउनु भयो ।
स्थापना काल देखि नै उदाहरणिय कार्यहरुगर्दै आएको शानले हालसम्म नेपालमा चार वटा स्कूलहरुको भवन निर्माण गरेको छ भने, अपांगता भएका वालवालीकाहरुलाई सिपमुलक तालिम प्रदान गर्नुका साथै स्वास्थ्यको क्षेत्रमा पनि उल्लेखनिय कामहरु गरेको छ । संस्थाले गतसालको भुकम्पको माहामारिमा गोर्खा जिल्लाको थालाजुङ्ग गाविसमा ४ लाख वरावरको राहत वितरण गरेको पनि उक्त अबसरमा संस्थाका अध्यक्ष हरि क्षेत्रीले जानाकारी दिनुभयो । यि परोपकारि कामहरु सम्पन्न गर्नका लागि शानमा आवद्ध सदस्यहरुले विगत ५ वर्षदेखि दिनको ५० सेन्ट संस्थामा नाममा जम्मा गर्ने गरेका छन् र यसरि जम्मा भएको कोष बाट संस्थाले अति अबश्यकिय कार्यहरुको पहिचान गरि, अध्यान पश्चात परोपकारी कार्यहरु गर्दै आएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...