‘शान’ को साधारण सभा सम्पन्न
स्थापना देखि नै बिभिन्न परोपकारि कामहरु गर्दैआएको सपोर्टिङ्ग हेन्डस् अष्ट्रलिया नेटवर्क (शान) को तेश्रो साधारण सभा क्यान्टवेरी फंसन सेन्टर क्यान्टवेरी सिड्नीमा गत मे ८ का दिन समाजसेवी ईन्द्रा वनको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । सभाले हरि क्षेत्रीको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमितिको गठन गरेको छ । संस्थाका अन्य पदाधिकारीमा उपाध्यक्ष गोपाल श्रेष्ठ, कोषाध्याक्ष गणेश आचार्य, महासचिव हरि राम्जाली, सचिव बिक्रम बहादुर खत्री र सदस्यहरुमा नर के सी, पदम छन्त्याल, प्रेम भण्डारी, राजकुमार भण्डारी, निर्मल बानिया, हरि भण्डारी, मनोज अधिकारी, शुशील आचार्य, मोहन जि.सी. मदन घर्ती, खगेन्द्र घर्ती र प्रेमबहादुर खत्री रहेका छन्।
संस्थाका संस्थापक सल्लाहकार टिका कार्कीको संयोजकत्वमा सम्पन्न उक्त साधारण सभाले निवर्तमान कोषाध्यक्ष शिव श्रेष्ठको आर्थिक प्रतिवेदन तथा सचिव विक्रम खत्रीको संस्थाको प्रगती प्रतिवेदन पारित गरेको थियो । कार्यसमितिका सल्लाहकारहरुमा इन्द्रा वन, टिका कार्की, देव गुरुङ्ग, केशव सापकोटा, महेन्द्र श्रेण्ठ र नेपाल सल्लाहकार गंगाधर अधिकारी हुनुहुन्छ। कार्यक्रममा प्रमुख अतिथि एबम संस्थाको नबनियुक्त सल्लाहकार सुश्री इन्द्रा वनले नयाँ कार्यसमितिलाई बधाई दिदै आफ्नो तर्फबाट संस्थाका आगामी दिनमा संस्थाको सबै परोपकारी कार्यमा आफ्नो सहयोग र सदभाब रहने बताउनु भयो ।
स्थापना काल देखि नै उदाहरणिय कार्यहरुगर्दै आएको शानले हालसम्म नेपालमा चार वटा स्कूलहरुको भवन निर्माण गरेको छ भने, अपांगता भएका वालवालीकाहरुलाई सिपमुलक तालिम प्रदान गर्नुका साथै स्वास्थ्यको क्षेत्रमा पनि उल्लेखनिय कामहरु गरेको छ । संस्थाले गतसालको भुकम्पको माहामारिमा गोर्खा जिल्लाको थालाजुङ्ग गाविसमा ४ लाख वरावरको राहत वितरण गरेको पनि उक्त अबसरमा संस्थाका अध्यक्ष हरि क्षेत्रीले जानाकारी दिनुभयो । यि परोपकारि कामहरु सम्पन्न गर्नका लागि शानमा आवद्ध सदस्यहरुले विगत ५ वर्षदेखि दिनको ५० सेन्ट संस्थामा नाममा जम्मा गर्ने गरेका छन् र यसरि जम्मा भएको कोष बाट संस्थाले अति अबश्यकिय कार्यहरुको पहिचान गरि, अध्यान पश्चात परोपकारी कार्यहरु गर्दै आएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...