सबैभन्दा धेरै बिक्री भएका फाइभ जी स्मार्टफोन

एप्पलले सन् २०२० मा सार्वजनिक गरेको सबैभन्दा पछिल्लो आइफोनको मोडेल आइफोन १२ विश्व बजारमा सबैभन्दा धेरै बिक्री भएको फाइभ जी स्मार्टफोन बन्न सफल भएको छ । काउन्टर प्वाइन्टको पछिल्लो रिपोर्टअनुसार गत अक्टोबर महिनामा सार्वजनिक भएको आइफोन १२ विश्वको सर्वाधिक लोकप्रिय फाइभ जी स्मार्टफोन बन्नेको हो । अक्टोबर महिनामा बिक्री भएका फाइभ जी स्मार्टफोनमध्ये १६ प्रतिशत हिस्सा आइफोन १२ ले ओगटेको छ । त्यस्तै आइफोन १२ संगै लञ्च भएको आइफोन १२ प्रो सर्वाधिक लोकप्रिय फाइभ जी स्मार्टफोनको सूचीमा दोश्रो स्थानमा रहेको छ । आइफोन १२ प्रो को हिस्सा ८ प्रतिशत रहेको छ । अक्टोबर महिनामा विश्व बजारमा बिक्रि भएका फाइभ जी स्मार्टफोनमध्ये एक चौथाई स्मार्टफोन आइफोन १२ र आइफोन १२ प्रो रहेका छन् । तेश्रो स्थानमा सामसुङको ग्यालेक्सी नोट २० अल्ट्रा फाइभ जी रहेको छ । जुन गत सेप्टेम्बर महिनामा बेस्ट सेलिङ फाइभ जी डिभाइसको रुपमा रहेको थियो । अक्टोबर महिनाको बजार हिस्सा अनुसार नोट २० अल्ट्रा फाइभ जीको बजार हिस्सा ४ प्रतिशत रहेको छ । चौथो स्थानमा ३ प्रतिशत बजार हिस्सासहित हुवावे नोभा ७ फाइभ जी छ भने पाँचौं स्थानमा हुवावेकै पी ४० फाइभ जी स्मार्टफोन रहेको छ । छैटौा स्थानमा ओप्पोको ए ७२ फाइभ जी स्मार्टफोन रहँदा सातौं स्थानमा हुवावे पि ४० प्रो फाइभ जी रहेको छ । त्यस्तै दुई प्रतिशत बजार हिस्सासहित सामसुङ ग्यालेक्सी नोट २० फाइभ जी आठौं स्थानमा छ भने सामसुङ ग्यालेक्सी एस २० प्लस फाइभ जी नवौं स्थानमा रहेको छ । त्यस्तै दशौं स्थानमा ओप्पोको रेनो ४ एसइ रहेको छ । जसको बजार हिस्सा २ प्रतिशत रहेको छ । रिपोर्टअनुसार अमेरिकामा टेलिकम सेवा प्रदायकहरुले फाइभ जी नेटवर्कसंग आबद्ध गरी ल्याएका अफरहरुका कारण आइफोन १२ र १२ प्रो को बिक्रीमा उच्च वृद्धि देखिएको छ । अमेरिकामा सबैजसो टेलिकम सेवा प्रदायकले शून्य डलर सुरुआती शुल्कमा आइफोन १२ लाई किस्ताबन्दीमा उपलब्ध गराउने अफर ल्याएका छन् । विश्व बजारमा अन्य स्मार्टफोन भन्दा व्यापक रुपमा उपलब्धताका कारण पनि आइफोन १२ सर्वाधिक बिक्री हुन सफल भएको बताइएको छ । आइफोन १२ विश्वका १ सय ४० भन्दा धेरै देशका बजारमा उपलब्ध छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



