गुगलमा पहिलो पटक कर्मचारी यूनियन

गुगल तथा यसको मातृ कम्पनी अल्फाबेटमा कार्यरत सयौं कर्मचारीले कम्पनीको इतिहासमै पहिलोपटक कर्मचारी युनियन गठन गरेका छन् । प्रविधि उद्योगको यो दुर्लभ कदमलाई कम्पनीको कार्यकारी नेतृत्वमाथि अहिलेसम्मकै ठूलो तथा संगठित चुनौतीको रुपमा लिईएको छ । जनवरी ५ का दिन घोषित ‘अल्फाबेट वर्कर्स युनियन’ मा कम्पनीका पूर्णकालीन तथा पार्टटाइम कर्मचारी र कामदारका साथै कन्ट्रयाक्टरले समेत सदस्यता लिनसक्ने बताइएको छ । कर्मचारी युनियनले जारी गरेको वक्तव्यमा गुगलका सफ्टवेयर इन्जिनियर डाइलन बेकरले यो ऐतिहासिक कदम रहेको बताएका छन् । विज्ञप्तिमा भनिएको छ–‘यो मुख्य प्रविधि कम्पनीहरुमा कर्मचारीहरुद्वारा र कर्मचारीहरुकै लागि स्थापित पहिलो संगठन हो । हामीले हाम्रा प्रतिनिधिहरु निर्वाचित गर्नेछौं, प्रजातान्त्रिक रुपमा निर्णय लिनेछौं, सदस्यता शुल्क तिर्नेछौं । साथै कम्पनीले आफूहरुको मूल्य प्रतिबिम्बित गरोस् भन्ने कर्मचारीहरुको चाहना पूर्तिका लागि सहकार्य गर्नेगरी हामीहरुले कुशल संगठकहरु आबद्ध गर्नेछौं ।’ प्रारम्भिक चरणमा गुगलको कर्मचारी युनियमा आबद्ध २२६ जना सदस्यले अमेरिकाको सबैभन्दा ठूलो श्रमिक युनियन कम्युनिकेसन्स वर्कर्स अफ अमेरिकासागबाट युनियनको कार्ड प्राप्त गरेका छन् । हाल गुगलको कर्मचारी युनियनमा कन्ट्रयाक्टरले समेत सदस्यता ग्रहण गर्नसक्ने भएको हुँदा कानुनत: त्यसलाई सामूहिक सौदावादीको आधिकारिक अधिकार नहुने बताइएको छ । आफ्ना कर्मचारीहरुले पहिलोपटक संगठन खोलेको घटनाप्रति गुगलले भने सकारात्मक प्रतिक्रिया दिएको छ । आफु कर्मचारीहरुसंगै सहकार्य गर्न तयार रहेको गुगलले जनाएको छ ।
गूगलको नयाँ फिचर सार्वजनिक
गुगलले हालै एउटा नयाँ फिचर सार्वजनिक गरेको छ । उक्त फिचरको सहयोगले प्रयोगकर्ताले आफ्नो टु डी फोटोलाई थ्री डीमा परिवर्तन गर्न सक्छन् । गुगलले सिनेमेटिक फोटोका लागि मेसिन लर्निङ टुलको प्रयोग गरिने बताएको छ, जसले फोटोको डेप्थको मापन गरेर कुनै पनि फोटोलाई थ्रीडी बनाउन सक्नेछ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...



