मिठो स्वरकी धनी आयुष्का

-- The NTA / प्रकाशित मिति : शुक्रबार, बैशाख ३१, २०७३

Ayushkaउमेरले १० बर्ष मात्र पुगेकी आयुष्का मिठो गित गाऊँछिन, उनको स्वर निकै मिठो छ, सुनी रहुँ जस्तो । यस अगाडी उनले यु-टियुबमा राखेका भिडियोहरु निक्कै पपुलर बने । त्यसो त कक्षा ६ मा पढ्ने आयुष्काले स्कुलका शिक्षक र बिधार्थीबाट समेत निक्कै प्रसंशा पाएकी छन् । अस्ट्रेलियाको क्यानबरामा आफ्ना बुवा आमा सँग बस्ने आयुष्काले पारिबारिक र नेपाली समुदायमा हुने बिभिन्न कार्यक्रमहरुमा आफ्नो कर्ण प्रिय स्वरले धरैलाई मन्त्र मुग्ध पारिसकेकी छन् । संगित प्रतिको उनको रुचिलाई पुरै सपोर्ट गर्दै उनको परिवारले पनि उनलाई गितार, पियानो जस्ता संगीतका कक्षाहरुमा आबद्द गराईदिएका छन् । धेरै जसो अंग्रेजी गित गाउने आयुष्काले पारिबारिक पेरणा कै कारण नेपाली गित गाउन थालेकी छन् । दोश्रो पुस्ताका बाबु नानिहरुले आफ्नो भाषा र संस्कृतिमा रुचि राखीदिदा सबैका बाबु आमालाई रमाईलो लाग्छ नै, त्यस्तै रमाइलो लागेको छ आयुष्काकी आमालाई पनि । नेपाली समुदायबाट उनले पाएको पेरणाले नै परिबारक छुट्टिमा नेपाल जादाँ आयुष्काले गायक अल्मोडा राना उप्रेती सँग एक बालसुलभ गितमा स्वर मिसाएकी छन् । जुन केहि दिनमा नै निक्कै चर्चित हुन पुगेको छ । अस्ट्रेलियामा बसेका सबै नेपालीहरुलाई उनको गीत सुनेर/हेरेर प्रतिकृया र सुझाब दिन आयुष्काको परिवारको तर्फबाट अनुरोध पनि छ ।

गित तलको लिङ्कमा गएर सुन्न/हेर्न सकिन्छ ।