धन, जीवन र फाइनान्सियल प्लानिङ्ग : “उद्देश्य अनुसार लगानी”

-- बिशाल श्रेष्ठमेम्बर ओफ फाइनान्सियल प्लान्निङ अष्ट्रेलिया (FPA) / प्रकाशित मिति : सोमवार, साउन ३२, २०७८

आज मैले एउटा मन पर्ने शीर्षकको बारेमा लेख्न पाएको छु र यस प्रकाशनबाट तपाईंहरु माझ ज्ञान बाँढ्न चाहन्छु । यो हामी सबैको घरायसी बचतसँग सम्बन्धित कुरा हो जुन हामी सबैले बिभिन्न कुराहरु को लागी लगानी गर्दछौं । तर, आज मेरो लेखाइ मुख्य गरी लगानी गर्दा आफ्नो उद्देश्य अनुसार लगानी (Goals based investing) गर्नमा फोकस गर्नु र हार्डिङ्ग व्यबहार (Herding behaviour) सँग टाढा बस्न सल्लाह दिन चाहन्छु। नोवेम्बर २०२० मा प्रकाशित “धन जीवन र फाइनान्सियल प्लानिङ्” मा आफुले गर्दै आएको कामको बारेमा तपाईंहरु बीच एउटा दुईटा कुराहरु लेखी तपाईंलाई सहयोग गर्ने मेरो उद्देश्य राखेर पहिलो प्रकाशन गर्ने मौका पाए । मेरो लेखमा मैले वित्तीय योजना (Financial plan)  के हो भनेर परिचय दिएको थिएँ र यो सबैको जीवनमा कत्तिको महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । त्यस प्रकाशनमा मैले हाम्रो जीवनमा हुने सामान्य उद्देश्यहरु को बिभिन्न उदाहरण  दिएको थिएँ, जुन तपाईंले एउटा फाइनान्सियल प्लान्नरको सल्लाह लिएर आफ्नो उद्देश्य हासिल गर्न सक्नु हुन्छ । तर, त्यो सूचीमा मात्रै सीमित छैन । तपाईंको बित्तिय योजना (financial plan) को सफलता हाम्रो नयाँ पुस्ता नेपाली-अष्ट्रेलियन या कि तपाईंका छोरा-छोरीहरुलाई आर्थिक सहायता हुने जानकारी पनि दिएको थिएँ । अहिलेको अवस्था यस्तो छ कि, तपाईं हाम्रो उमेर बढ्दै गएको छ त्यसैले आज म तपाईंलाई जीवनमा स्पष्ट लक्ष्यहरू तय गर्ने र गुणस्तरीय सल्लाह र निर्देशनको माध्यमबाट उपयुक्त स्ट्राटेजी (strategy) को महत्त्व बताउन चाहन्छु ।

स्पष्ट उद्देश्य वा लक्ष्यहरू लेख्ने – Setting SMART Goals 

जीवनमा तपाईंको उद्देश्यहरूले तपाईंको मार्ग परिभाषित गर्दछ । कुनै स्पष्ट लक्ष्य संग, नै छैन भने त्यो जीवनयात्रा उद्देश्य बिहिन हुन्छ। लक्ष्यहरू अत्यन्त व्यक्तिगत पनि हुन्छन् । तपाईंको सबभन्दा राम्रो मित्रको लक्ष्य र तपाईंको व्यक्तिगत लक्ष्य पनि फरक हुन सक्छ र यो एक मानवबाट अर्कोमा फरक हुनेछ। हामीले उद्देश्य राखेपछि आफूसँग भएको समय र संसाधन जुटाएर स्ट्राटेजी (strategy) बनाउनु पर्छ । यो सबै यती सजिलो भएको भए कती रमाइलो हुन्थ्यो । एउटा उदाहरणको लागि, २० वर्षको बिद्यार्थी जस्को बैंकमा $५००० छ, उस्को २-५ वर्षको उद्देश्य र ३५ वर्षको उमेरको मान्छे, जो फूल टाइम काम गरेर $१२०,००० कमाउँछ,  उस्को २-५ वर्षे प्लान धेरै फरक  हुन्छ। । त्यसैगरि, जो कि ४० वर्षको परिवार भएको मान्छे जो सँग $२००,००० बचत छ, उस्को उद्देश्य र ६० वर्ष मान्छे जो रिटायरमेन्टको लागि $५००,००० बचत गरेको सँग धेरै फरक हुनेछ । रिसर्चले देखाएको छ कि सफल ब्यक्तित्वहरुले आफ्नो उद्देश्यहरु लेख्ने गरेका छन् । आफ्नो उद्देश्य लेखेर, स्ट्राटेजी र गुणस्तरीय सल्लाह लिएमा उपलब्धी प्राप्तीको दर धेरै उच्च हुने पनि जानकारी दिएको छ।

समय रेखा – timeframe to invest

यस देशमा पहिलो पटक काम गर्न सुरु गर्दा, मेरो पहिलो रोजगारदाताले मलाई “ समय पैसा हो” or “Time is Money” भनेर भन्यो । यो  अर्थपूर्ण छ किनकि तपाईंलाई प्रति घण्टाको आधारमा भुक्तानी गरिन्छ जसको मतलब हो कि तपाईं धेरै घण्टा काम गरेमा, बढि कमाउनुहुन्छ । यही कन्सेप्ट प्रयोग गरेर म  तपाईंसँग भएको लगानी र लक्ष्यहरू प्राप्त गर्नका लागि लगानी गर्दा, समयको महत्वपूर्णताको जानकारी दिन चाहन्छु । तपाईंले आफ्नो लक्ष्यहरू लेख्नुभएपछि र तपाईंको strategyहरू विचार गर्नु भएपछि, तपाईंले यसलाई प्राप्त गर्न कति समय लिने हो भनेर सावधानीपूर्वक जाँच गर्नुपर्नेछ । कफी बनाउने जस्ता नयाँ सीप सिक्नको लागि, वा तपाईंको सम्पत्तीको लागि निक्षेप बचत गर्न, वा व्यापार सुरू गर्न बचत गर्नको समय सीमा फरक हुन्छ। तपाईले केहि हप्तामा नै कफी बनाउन सिक्न सक्नुहुनेछ जबकि घर वा बच्चाहरूको शिक्षाको लागि बचत गर्न धेरै  वर्ष लाग्न सक्दछ।

कार्य गर्न स्रोतहरू जम्मा गर्दै – Putting your resources together 

हामी यस्तो संसारमा बस्दछौं जहाँ हाम्रो स्मार्टफोनमा कुनै पनि कुराको जानकारी उपलब्ध छ। (Google) गुगलले तपाईंलाई धेरै जानकारी दिन्छ तर कुनै (action) कार्यवाही लिदैन । तपाईंको सपना साकार गर्न कदम लिने मान्छे तपाईं नै हो । यि स्त्रोतहरु धेरै किसिम को हुन सक्छ । समय, पैसा, मज्दूर र इन्फर्मेसन टेक्नोलोजी प्राय जस्तो सामन्य प्रकार का स्त्रोत हरु हुन । केवल सम्झनुहोस् यदि योजना A (plan A) ले काम गर्दैन भने, योजना B (plan B) बनाउनुहोस् । म दृढ विश्वास गर्दछु कि यदि तपाई वास्तवमै चाहानुहुन्छ भने यो ढिलो हुन्छ वा चाँडो हुन्छ तर अवस्य नै हुनेछ ।

उद्देश्यमा आधारित लगानी (Goals based investing) 

वास्तविकतामा, कुनै पनि लक्ष्य प्राप्त गर्न तपाईंले समय र पैसा खर्च गर्न आवश्यक पर्दछ। केहि उद्देश्यहरू मात्र थोरै समय लिन सक्दछ, जहाँ केहीलाई धेरै लामो समय चाहिन्छ। आज, म यो प्रदर्शन समय अनुसार ३ कोटिहरु (categories) मा उद्देश्य विभाजन गरी लगानी  गर्ने तरीका र आफ्नो पोर्टफोलियो निर्माण त्यो दिइएको समयमा कसरी छुत्याउनेमा फोकस गर्न चाहन्छु । पहिलो तरिका छोटो अवधिमा (short term) लगानी गर्नु हो। यो सामान्यतया २- ३ years वर्ष हो। दोस्रो तरिका मध्यम अवधिमा (medium term) लगानी गर्नु हो। यो सामान्यतया ३-५  वर्ष हो। तेस्रो तरिका भनेको दीर्घकालीन (long- term) लगानी हो। यो ५ वर्ष भन्दा बढी ।

 

पोर्टफोलियो निर्माण 

हामीलाई थाहा छ हरेक लगानी जोखिमको (risk) साथ आउँदछ र त्यहाँ एक भनाइ छ “नो रिस्क नो रिवार्द”- No risk no reward । जसरी सबै मानिस फरक फरक हुन्छन्, जोखिम लिनको लागि उनीहरुको लगानी को दृष्टिकोण पनि फरक हुन्छन् । यो प्राय: विगतको अनुभव (past experience) र उनीहरूको ज्ञानसँग सम्बन्धित छ । हामी मध्ये धेरैले सुन्ने छौं कि मानिसहरूले राम्रो आर्थिक समयमा (good economic times) पैसा कमाइरहेका हुन्छन् र जी.एफ.सी (Global Financial Crisis) र हालका Covid 19 महामारी जस्ता खराब समयमा धन गुमाइरहेका हुन्छन । सामान्यतया, तपाइँको रकम लगानी गर्न दुई तरिकाहरू छन् । पहिलो वृद्धि लगानी (growth investments) हो । यी लगानीहरू सेयर (Shares), प्रोपर्टी (Property), इन्फ्रास्ट्रक्चर (Infrastructure) र प्रबन्धित पोर्टफोलियो (managed portfolio) हुन्। दोस्रो रक्षात्मक (defensive) इन्भेस्त्मेन्ट जस्तै कि Cash, बन्डहरू र निश्चित ब्याज धितो जस्ता रक्षात्मक लगानीमा हो। सेयर र प्रोपर्टी जस्ता ग्रोथ बृद्धि (growth)लगानीले पूँजी वृद्धि र नियमित आम्दानी दिएर दिने गर्छ जुन कि दीर्घकालीनमा राम्रो प्रतिफल (returns) प्रदान गर्दछ तर यी लगानीहरू आर्थिक वातावरणमा (economic environment) निर्भर रहन्छ। यी लगानीहरू ती व्यक्तिहरूका लागि उपयुक्त छन् जसले मध्यम देखि दीर्घकालीनका लागि लगानी गर्न चाहन्छन्। यी लगानीको उद्देश्य हालको (cash rate)  नगद दरभन्दा माथि रिटर्न प्रदान गर्नु हो । रक्षात्मक / बचाव लगानीहरू (Defensive investments) जस्तै नगद र बन्डहरू मुख्यत: पैसा स्थिर (stability) राख्न र तपाईंको पूंजी संरक्षणको (preserve) लागि हो। तपाईं फिक्स डिपोजिटमा निश्चित ब्याज रिटर्न प्राप्त गर्नुहुन्छ । यो अहिलेको इतिहासमा सबसे कम ब्याज दरमा चलेको आर्थिक समय हो । अष्ट्रेलियामा अहिलेको सबसे राम्रो फिक्स डिपोजिट रेट करीब ०.५% छ । यो यहाँको हिस्टोरीमा नै सबसे कम रेट हुन आएको छ । हालको नगद दरहरूको साथ, हामी केवल १ वर्षको लागि उत्तम उपलब्ध दरको रूपमा कम्तिमा  ०.३ % -० .५ ० % मात्र आशा गर्न सक्दछौं । यद्यपि यी लगानीहरूको मुख्य उद्देश्य छोटो अवधिको लागि र तपाईंको पूंजीको संरक्षण सुनिश्चित गर्नु मात्रै हो। तपाईँका लक्ष्य र लगानीहरू सँगसँगै जानु पर्दछ । जसरी एक डाक्टरले बिरामी बिरामीको तापक्रम जाँच गर्दछ र प्रिस्क्रिप्शन लेख्छ, तपाईँले कुन स्तरको जोखिम (risk) लिन चाहनुहुन्छ भनेर बुझ्नु पनि पर्छ। यसलाई (risk tolerance) जोखिम सहिष्णुता भनिन्छ, र यसले तपाइँको पोर्टफोलियोको प्रकार निर्धारण गर्दछ जुन एक रक्षात्मक पोर्टफोलियो (defensive) देखि लिएर (aggressive) आक्रामक पोर्टफोलियोमा सम्पत्तिहरूको बिभिन्न कम्पोनेन्टहरू हुन सक्दछ।

चक्रवृद्धि ब्याजको प्रभाव – (Compound Interest)  

यो एक सरल अवधारणा हो जुन हामीले हाम्रो स्कूलमा अध्ययन गरेका थियौं। म तपाईलाई एउटा प्रश्न सोधेर सुरु गर्छु । मानौं कि, तपाईं मेरो छिमेकी हो र म बिदा लिएर बाहिर जाँदै छु । तपाईंलाई मेरो अनुपस्थितिमा मेरो बगैचा ३० दिन रेख-देख गर्दिन  मैले  प्रस्ताव  राखेको छु जस्को बद्लामा तपाईंलाई दुईटा अप्सन दिएर पैसा तिर्छु । म तपाइँलाई   ३० दिनको लागि $२००० दिन्छु या त, पहिलो दिन एक सेन्ट (1 cent) दिएर त्यसपछिको हरेक दिन ३० दिनको लागि दब्खल दिन्छु । कुन लिनु हुन्छ त ? यसको कन्सेप्ट यस प्रकार छ । यदी तपाईं  $१०००  बाट  इन्भेष्टमेन्ट  सुरु  गर्नु हुन्छ भने, यो तपाईंको प्रिन्सिपल इन्भेष्टमेन्ट हो । मानौं कि यस्मा तपाईंले १०% ब्याज पाउनुहुन्छ । १०% को दरले तपाईंले पहिलो वर्ष $१०० पाउनु भयो भने दोस्रो वर्षको लागि तपाईंको प्रिन्सिपल इन्भेष्टमेन्ट $११०० हुन आउछ्, र मानौ कि फेरी दोस्रो वर्ष पनि १०% ब्याज पानुभयो र तेस्रोदेखि अन्तिम पाँचौ वर्षसम्म पनि १०% पाउनु भयो भने, तपाईंको इन्भेष्टमेन्ट पाचौ वर्षको अन्तिममा $१,६१० हुन आउँछ । हरेक वर्ष १०% को रिटर्नले $१००० इन्भेष्ट गर्दा तपाईंको रकम पाँचौ वर्षको अन्तिममा हेर्दा ५०% ले होईन, ६१% ले बाँधेको यो एउटा कम्पाउण्ड इन्भेष्टको एउटा उदाहरण हो । गणनाको यो विधि बैंकहरू र बजारमा कुनै पनि लगानी प्रबन्धकहरूद्वारा प्रयोग गरिन्छ। यो  बैंक द्वारा प्रयोग गरिएको (home loan) धितो चुक्ताको अवधारणा हो । त्यसोभए, मेरो अघिल्लो प्रश्नमा फर्कौ, तपाईंको ठाउँमा म भएको भए दोस्रो अप्सन लिन्थे । किनभने १ सेन्ट ३० दिनको लागि डब्बलको रेटमा कम्पाउण्ड हुँदा ३० दिनको अन्तिममा $१०,७३७,४१८ हुन आउछ । अवश्य पनि, तपाईंको पैसा वास्तविकतामा डबल हुन गार्हो नै हुन्छ  तर यो कम्पाउन्डिङ्गको पावर हो । तलको एक्सेलबाट क्याल्कुलेट गरेको उदाहरण हेर्नुहोस ।

 

विविधीकरण – Diversification

लगानीकर्ताहरूको लागि विविधीकरण अवधारणाको सरल अर्थ भनेको ““Do not put all your eggs in one basket”” हो र यो लगानीमा जोखिम कम गर्न एक तरीका हो । एक विविध पोर्टफोलियो सफलतापूर्वक धन निर्माणको यो एक अभिन्न हिस्सा हो किनभने यसले पोर्टफोलियोको सुरक्षा, दीर्घकालीन प्रदर्शनको स्थिरतालाई बढ्ता र केहि अवस्थाहरूमा समग्र प्रतिफलमा (overall total returns) वृद्धि गर्दछ।

निम्नलिखित एक विविध पोर्टफोलियोको एक उदाहरण हो। यो रेखाचित्र केवल चित्रण उद्देश्यको लागि हो र कुनै सल्लाह प्रदान गर्ने उद्देश्यले होईन।

 

दृष्टिकोण / कार्यहरू – Approach and action!

प्रत्येक समयसीमामा सम्भव लगानी फिर्तीको बारेमा व्यवहारिक आशाको आधारमा प्रत्येक रणनीतिमा रकम बाँडफाँड गर्नुपर्नेछ, । एक वित्तीय योजनाकार (financial planner) तपाइँको लक्ष्यहरु को लागि एक लगानी योजनाको विकास गर्दछ। तपाईंसँग तपाईंको पूँजी र बाँकी जीवनको लागि आयमा प्रक्षेपण देखाउन तिनीहरूसँग मोडलिंग उपकरणहरू हुन्छन्।

मैले सुरुवात मा २० बर्षे बिद्यार्थी र ३० बर्षे फुल टाईम काम गरेको मान्छेको उदाहरण दिए जस्तै तपाईंको टाईम, लगानीको दृष्टिकोण र कस्तो कदम लिदा ठीक हुन्छ यो चाही सल्लाह गरेपछि मात्रै थाहा हुनेछ । हामीले राइट टाईम कहिले हो त, त्यो चै थाह पाउदैनौ । पहिलो कदम अगाडि बढे मात्रै दोस्रो कदम अगाडि बढ्छ यो चाइ सबैलाई थाहा पाउने कुरा हो । यो उपलब्ध समयको मात्रामा उनीहरूले के हासिल गर्न चाहान्छन् त्यसमा निर्भर हुन्छ।

अन्त्यमा, कुनै पनि लगानी संग सचेत रहनुहोस् त्यहाँ कर परिणामहरु पनि हुनेछ।

 

तपाइँको फाइनान्सियल स्थितिको अवस्था कस्तो रहेछ त, यो बुझ्न पनि एक्दम जरुरी छ । यस्को लागि मैले फाइनान्सियल हेल्थ चेकको फ्री सेसन सुरु गरेको छु । यदी तपाइँ इच्छुक हुनुहुन्छ भने मेरो ईमेल या फोनमा कन्ट्याक्ट गर्नु होला । कोविड १९ को कारणले गर्दा यो कठिन समयमा तपाइँ सबैको घरमा सुख र शान्त छाओस् कामना गर्दछु ।

Disclaimer: This article is for educational purpose only. I have not taken your individual circumstances and objectives into account. Please consider the appropriateness of the information in the light of your situation before acting on it.