मिलन लामा र ज्योति मगर सँग नाच्न सबैलाई निम्तो 

-- The NTA / प्रकाशित मिति : मङ्लबार, जेष्ठ ४, २०७३
Naya programसिड्नी, अस्ट्रेलियामा रहेका नेपाली युबाहरुको संस्था नेप्लिज अस्ट्रेलियन युथ एसोसिएसन (नया) ले डब्लुएच रियल स्टेटको सहकार्यमा र अन्य ब्यापारिक संघ-संस्थाको प्रयोजनमा “नाचौं गाऔं रमाइलो साँझ २०७३” आयोजना गर्दैछ ।
आगामी मे २० तारिख शुक्रबारका दिन सिड्नीको रकडेलमा अबस्थित एभरेष्ट फंक्सन सेन्टरमा हुन लागेको उक्त कार्यक्रम सांझ ६ बजे देखि राति अबेर सम्म चल्नेछ । कार्यक्रम नेपालका ख्याति प्राप्त लोक-गायिका ज्योति मगर, लोक-गायक मिलन लामा, हाँस्यव्यंग कलाकार राजा राजेन्द्र र गायक सन्तोष लामाका गित, नृत्य, सशक्त प्रहसन र प्रस्तुतिहरुले भरिएका छन् ।
संस्थाका अध्यक्ष कोमल राज पाठकका अनुसार बिबिध परोपकारी कार्यमा संस्थाको एक्बद्दता कायम राख्न संस्थाको आन्तरिक फण्ड राइजको लागि यो डिनर सहितको कार्यक्रम आयोजना गरिएको हो । संस्थाका महासचिब प्रकाश खरेलले सिमिति सिट र अत्यधिक लोकप्रियताका कारण लगभग सबै टिकट बिक्रि हुनै लागेकाले टिकट डोरसेल नहुने हुदा यदि कोहि इच्छुक हुनुहुन्छ भने पहिले नै टिकट खरिद गरेर मात्र कार्यक्रम आउन अनुरोध गर्नु भएको छ । टिकट र कार्यक्रम सम्बन्धी थप जानकारिका लागि भिष्म भन्डारी 0432 277 072 वा प्रकाश खरेललाई 0420 795 888  मा सम्पर्क गर्नु अनुरोध गरिएको छ ।