नेपाली महिलालाई सर्भाइकल क्यान्सरको निशुल्क जाँच

साउथ अष्ट्रेलियाको स्वास्थ्य बिभागले यहाँ बसोबास गरिरहेका नेपाली महिलाहरुलाई सर्भाइकल क्यान्सरको निशुल्क जाँच गरिदिएको छ ।
अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्दै आएका १५ जना महिलाहरुले पहिलो चरणमा यहाँको स्वास्थ्य बिभागले उपलब्द्ध गराएको सुविधा उपभोग गर्दै उक्त जाँच गराएको कार्यक्रम संयोजक मञ्जु खडकाले जानकारी दिईन् । विदेशबाट आएर यहाँ बसोबास गर्ने महिलाहरुलाई समेत निशुल्क स्वास्थ्य सेवा पुरयाउने सरकारी कार्यक्रम अन्तरगत उक्त सहयोग पुरयाइएको आयोजकले बताएको छ ।
महिलाहरुको पाठेघरको मुखमा हुने उक्त रोगको शुरुवाती चेकअप प्रविधि ‘प्याप स्मियर’ को जाँचका लागि यहाँ रहेको नेपालाीहरुको संस्था एडिलेड नेपाली समाजको अग्रसरतामा सम्पन्न भएको संस्थाकी अध्यक्ष सन्तोषी गौतमले जानकारी दिईन् । कार्यक्रमको बारेमा यहाँका महिलाहरुलाई जानकारी दिनका लागि संस्थाले केही समयअघि जानकारीमुलक अन्तरक्रिया कार्यक्रम समेत राखिएको थियो ।
मंगलबार सम्पन्न उक्त स्वास्थ्य शिविरमा नेपाली चिकित्सक नेपाली डा. पार्वती गुरुङले उक्त स्वास्थ्य जाँच गरेको कार्यक्रमको संयोजन गरिरहेकी खडकाले जानकारी दिईन् । उनले थप महिलाहरुका लागि चाँडै अर्काे स्वास्थ्य शिविरको आयोजना गरिने समेत बताईन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...