नेपाली महिलालाई सर्भाइकल क्यान्सरको निशुल्क जाँच

साउथ अष्ट्रेलियाको स्वास्थ्य बिभागले यहाँ बसोबास गरिरहेका नेपाली महिलाहरुलाई सर्भाइकल क्यान्सरको निशुल्क जाँच गरिदिएको छ ।
अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्दै आएका १५ जना महिलाहरुले पहिलो चरणमा यहाँको स्वास्थ्य बिभागले उपलब्द्ध गराएको सुविधा उपभोग गर्दै उक्त जाँच गराएको कार्यक्रम संयोजक मञ्जु खडकाले जानकारी दिईन् । विदेशबाट आएर यहाँ बसोबास गर्ने महिलाहरुलाई समेत निशुल्क स्वास्थ्य सेवा पुरयाउने सरकारी कार्यक्रम अन्तरगत उक्त सहयोग पुरयाइएको आयोजकले बताएको छ ।
महिलाहरुको पाठेघरको मुखमा हुने उक्त रोगको शुरुवाती चेकअप प्रविधि ‘प्याप स्मियर’ को जाँचका लागि यहाँ रहेको नेपालाीहरुको संस्था एडिलेड नेपाली समाजको अग्रसरतामा सम्पन्न भएको संस्थाकी अध्यक्ष सन्तोषी गौतमले जानकारी दिईन् । कार्यक्रमको बारेमा यहाँका महिलाहरुलाई जानकारी दिनका लागि संस्थाले केही समयअघि जानकारीमुलक अन्तरक्रिया कार्यक्रम समेत राखिएको थियो । 
मंगलबार सम्पन्न उक्त स्वास्थ्य शिविरमा नेपाली चिकित्सक नेपाली डा. पार्वती गुरुङले उक्त स्वास्थ्य जाँच गरेको कार्यक्रमको संयोजन गरिरहेकी खडकाले जानकारी दिईन् । उनले थप महिलाहरुका लागि चाँडै अर्काे स्वास्थ्य शिविरको आयोजना गरिने समेत बताईन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...