साउथ अष्ट्रेलियामा ‘सेटलमेन्ट डे’

साउथ अष्ट्रेलियामा रहेका भुटानी शरणार्थीहरुले ‘सेटलमेन्ट डे’ भब्य रुपमा मनाएका छन । आफुहरुले अष्ट्रेलिया आएको पहिलो दिनलाई अवसर मान्दै बार्षिक रुपमा पर्वका रुपमा मनाउने गरेका छन् ।
करिब २ दशक पुर्वी नेपालका ७ शिविरमा शरणार्थी जीवन बिताएपछि पुर्नवास कार्यक्रम अन्तरत अष्ट्रेलिया आएका उनीहरुले उक्त दिनको सम्झना स्वरुप यस दिनलाई उत्सवका रुपमा मनाउने गरेका हुन् । साउथ अष्ट्रेलियाको उत्तरी भाग सालिस्वरीमा बसोबास गर्ने अधिकांशहरुले यस दिनलाई बार्षिक क्यालेण्डरमा राखेर नै पर्वको रुपमा मनाउाछन् । अष्ट्रेलियाका बिभिन्न शहरहरुमा करिब ८ हजारको संख्यामा रहेका उनीहरुले आफुले नयाा जीवन पाएको खुशीयालीमा बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ यस दिनलाई सम्झने गरेका हुन् । साउथ अष्ट्रेलियामा करिब ३ हजार ५ सय जना बसोबास गर्ने गरेका छन् । कार्यक्रममा ले बिभिन्न नेपाली परम्परागत भेषभुषा र नेपाली गीत संगीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा भुटानी शरणार्थीहरु मात्र नभएर नेपाली समुदाय र अन्य बिभिन्न देशका नागरिकहरुले समेत सहभागिता जनाएका थिए । कार्यक्रममा साउथ अष्ट्रेलियाका मन्त्री तथा नेताहरुको समेत सहभागिता रहेको थियो । बहुसांस्कृतिक मन्त्री जोय बाटिसनले कार्यक्रमको उदघाटन गरेकी थिईन ।
कार्यक्रममा बृद्धबृद्धा, बालबालिका र युवायुवतीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न नेपाली गीतसंगीतमा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने गायकगायिकाहरुले गीत गाएर मनोरञ्जन दिलाएका थिए । कार्यक्रमलाई अन्य समुदायका ब्यक्तिहरुका साथै अष्ट्रेलियाली नेताहरुले समेत उत्साहका साथ हेरेका थिए । सन २००७ देखि अष्ट्रेलियाका बिभिन्न शहरहरुमा आएका शरणार्थीहरुमध्ये धेरैले यहााको नागरिकता लिइसकेका छन भने कैयौंले उच्च तहमा रहेर काम समेत गरिरहेका छन् ।
संस्थाका अध्यक्ष कमल दहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सांसद जोन डकिन्स, मल्टिकल्चरल एसएकी हेलेन लगायतको उपस्थिती थियो । कार्यक्रममा स्थानीय गायकहरु लक्ष्मण गुरुङ, नारद दहाल र खगेन शर्माले गीत गाएर मनोरञ्जन दिलाएका थिए । कार्यक्रम लोक पौडेल र निरु खपाङ्गीले सञ्चालन गरेका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...