साउथ अष्ट्रेलियामा ‘सेटलमेन्ट डे’

-- नारायण खडका / प्रकाशित मिति : आइतवार, जेष्ठ ९, २०७३

DSC_0615साउथ अष्ट्रेलियामा रहेका भुटानी शरणार्थीहरुले ‘सेटलमेन्ट डे’ भब्य रुपमा मनाएका छन । आफुहरुले अष्ट्रेलिया आएको पहिलो दिनलाई अवसर मान्दै बार्षिक रुपमा पर्वका रुपमा मनाउने गरेका छन् ।
करिब २ दशक पुर्वी नेपालका ७ शिविरमा शरणार्थी जीवन बिताएपछि पुर्नवास कार्यक्रम अन्तरत अष्ट्रेलिया आएका उनीहरुले उक्त दिनको सम्झना स्वरुप यस दिनलाई उत्सवका रुपमा मनाउने गरेका हुन् । साउथ अष्ट्रेलियाको उत्तरी भाग सालिस्वरीमा बसोबास गर्ने अधिकांशहरुले यस दिनलाई बार्षिक क्यालेण्डरमा राखेर नै पर्वको रुपमा मनाउाछन् । अष्ट्रेलियाका बिभिन्न शहरहरुमा करिब ८ हजारको संख्यामा रहेका उनीहरुले आफुले नयाा जीवन पाएको खुशीयालीमा बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ यस दिनलाई सम्झने गरेका हुन् । साउथ अष्ट्रेलियामा करिब ३ हजार ५ सय जना बसोबास गर्ने गरेका छन् । कार्यक्रममा ले बिभिन्न नेपाली परम्परागत भेषभुषा र नेपाली गीत संगीत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा भुटानी शरणार्थीहरु मात्र नभएर नेपाली समुदाय र अन्य बिभिन्न देशका नागरिकहरुले समेत सहभागिता जनाएका थिए । कार्यक्रममा साउथ अष्ट्रेलियाका मन्त्री तथा नेताहरुको समेत सहभागिता रहेको थियो । बहुसांस्कृतिक मन्त्री जोय बाटिसनले कार्यक्रमको उदघाटन गरेकी थिईन ।DSC_0611
कार्यक्रममा बृद्धबृद्धा, बालबालिका र युवायुवतीहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा बिभिन्न नेपाली गीतसंगीतमा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो भने गायकगायिकाहरुले गीत गाएर मनोरञ्जन दिलाएका थिए । कार्यक्रमलाई अन्य समुदायका ब्यक्तिहरुका साथै अष्ट्रेलियाली नेताहरुले समेत उत्साहका साथ हेरेका थिए । सन २००७ देखि अष्ट्रेलियाका बिभिन्न शहरहरुमा आएका शरणार्थीहरुमध्ये धेरैले यहााको नागरिकता लिइसकेका छन भने कैयौंले उच्च तहमा रहेर काम समेत गरिरहेका छन् ।
संस्थाका अध्यक्ष कमल दहालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सांसद जोन डकिन्स, मल्टिकल्चरल एसएकी हेलेन लगायतको उपस्थिती थियो । कार्यक्रममा स्थानीय गायकहरु लक्ष्मण गुरुङ, नारद दहाल र खगेन शर्माले गीत गाएर मनोरञ्जन दिलाएका थिए । कार्यक्रम लोक पौडेल र निरु खपाङ्गीले सञ्चालन गरेका थिए ।