तीज धमाका २०७९ हुदै 

सहभागिताको लागि सबैमा अनुरोध 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, साउन २२, २०७९
सिड्नीको उत्तर-पश्चिमी क्षेत्रमा बसोबास गर्ने नेपालीहरु नेपाली चाड र अन्य संस्कृतिक महत्वका पर्बहरु मनाउन जुटेका नर्थवेस्ट क्षेत्रमा बस्ने नेपालीहरुको संस्था नर्थवेस्ट नेप्ल्जिज कम्युनिटिले हिन्दु नारीहरु को चाड तीजमा तीज धमाका कार्यक्रमको आयोजना गर्दैछ।
पारिबारिक बाताबरणमा तीजमा चेलीहरु लाई माइतीको नियास्रो मेटाउन र दाजुभाइ सहितको यस कार्यक्रम यहि अगस्त २६ शुक्रबारको साँझ ६ बजे देखि ग्रयाण्ड प्यालेस अबर्नमा ( 219 Parramatta Road Auburn 2144 ) हुदैछ। कोभिडको आत्यस लाग्दो समय पछिको पारिबारिक जमघटलाई रमाइलो बनाउन नेपालकी ख्याती प्राप्त गायिका सुनिता दुलालको कार्यक्रममा बिशेष प्रस्तुति रहनेछ। यसको अलावा बाबु-नानिहरु को बिबिध प्रस्तुतिहरु सहित एकल एबं सामुहिक नृत्यहरु ले तिजको सम्झना गराउनेछ।
तिन कोर्ष खाना, बिबिध डोर प्राइजहरु र भरपुर मनोरन्जन सहितको यो कार्यक्रममा सहभागिताको लागि आयोजक परिवारले सबैमा अनुरोध गरेको छ । कार्यक्रममा सहभागिताको लागि प्रवेश शुल्क ४५ डलर तोकिएको छ भने, अष्ट्रेलिया रहनु भएका अभिभाबकहरु र ५ बर्ष देखि १२ बर्ष सम्मका बाबु-नानिको लागि २५ डलर शुल्क रहेको छ।