एन्टाको होलि हंगामा ५ मार्च मा   

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, फाल्गुन १४, २०७९
रंगहरुको चाड भनेर चिनिने होली नजिकिदै गर्दा अहिले नेपाललाई मात्र नभई विदेशमा बस्ने नेपालीहरु लाई समेत उत्साहित बनाइरहेको छ । एशोसिएशन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) ले  बिगतका बर्षहरु मा मनाउदै आइरहेको होली पर्वलाई यस बर्ष सिड्नीमा बिशेष कार्यक्रम सहित मनाउदै छ ।
बिगत १४ बर्ष देखि होलि छठ जस्ता पर्ब हरु लाई व्यापक सहभागिता सहित मनाउदै आइरहेको एन्टा ले यस पटक नेपाल ख्याति प्राप्त कलाकार हरु र अष्ट्रेलिया मा रहेका प्रतिभावान कलकार का साथ “होली हंगामा” मनाउन लागेको संस्थाका अध्यक्ष सुबंश शाहले जनाएका छन्।
५ मार्चको साँझ ६ बजे बाट इन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा हुन लागेको उक्त कार्यक्रममा कलाकारहरु प्रकाश धुताराज, किरण शाह, सुनिल पण्डित, रुपक बुढाथोकी, हेमन्त तामांग र धर्मेद्र मिलनको बिभिन्न गित संगीत र नृत्य सहितका प्रस्तुतिहरु रहनेछन्।  यसै गरि यी कलाकारलाई सिड्नी अष्ट्रेलियाका परिचित सर्जक र कलाकार रमण रेग्मी, उषा बरिय र र  नाच मिलन समुहले साथ दिनेछन्।
अष्ट्रेलियामा रहेका बिभिन्न ब्यापारिक संघ संस्था र समुदाय साथ सहयोगमा हुदै गरेको यस कार्यक्रममा उपस्थित भइ दिनु हुन आयोजक एन्टाले हार्दिक अनुरोध गरेको छ। डिनर सहितको सो सांगीतिक कार्यक्रमका लागि प्रवेश शुल्क ५० डलर रहेको छ भने ४ देखि १२ बर्षका बाबु नानीहरुका लागि २५ डलर र ४ बर्ष मुनिका को लागि निशुल्क रहेको छ।  (थप जानकारी संगैको पोस्टरमा )