तमु ल्होछार २०२४  बिबिध कार्यक्रम सहित मनाइदै

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, मंसिर २९, २०८०
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै गुरुङ्हरुको परम्परा र संस्कृतिको जगेर्ना गर्दै आइरहेको संस्था तमु समाज सिड्नीले बिगतका बर्षहरुमा झैं यस बर्ष पनि बिबिध कार्यक्रम सहित ल्होछार मनाउदै छ । आउँदो जनवरी ६ का दिन सिड्नी हर्सभिल मरना हलमा सांझ ५ बजेबाट तमू संस्कार, संस्कृति र परम्परा झल्किने बृहत सांस्कृतिक कार्यक्रमको साथमा रात्री भोज, शुभकामना आदानप्रदान साथ यस बर्षको ल्होछार मनाउन लागिएको तमु समाजका तर्फबाट अर्जुन गुरुङले  जनाएका छन् । गुरुङका अनुसार बौद्ध पुजाबाट सुरु हुने उक्त कार्यक्रममा अस्ट्रेलियामा रहेका चर्चित नेपाली कलाकारहरु बिबिध संस्कृतिक प्रहसन र प्रस्तुतिहरु सहित अन्य बिबिध कार्यक्रमहरु रहेको छ । कार्यक्रम सम्पन्न गर्नका लागि संस्थाले प्रति व्यक्ति टिकट दर  पहिले किनेमा ३५ डलर र सोहि दिन किनेमा ४० डलर राखेको छ ।
गुरुङहरुको नयाँ बर्षको रुपमा  ल्होछार मनाउने गर्दछन् जहां “ल्हो” को अर्थ बर्ष  र “छार”को अर्थ सर्ने हो । ल्होछारमा बाँदर, सर्प, कुकुर्, घोडा, गिद्द्, बिरालो, मुसा, गाइ, भेडा, मृग्, बाघ्, चरा सहित १२ पशुपंक्षिहरुलाई हरेक बर्ष छुट्टाछुटै पुजा गर्ने गरिन्छ । सोहि अनुसार यस बर्ष नेपाल लगाएत संसारभर रहेका तमुहरु ले “मुप्रिल्हो” अर्थात “गिद्द बर्ग” रुपमा ल्होछार मनाउदै छन् । कार्यक्रममा उपस्थितिको लागि सम्पूर्ण तमु एबं नेपाली समुदायका सबैलाई तमु समाज अष्ट्रेलियाले अनुरोध गरेको छ।
कार्यक्रम सम्बन्धि थप जानकारी र टिकटको लागि तमु समाजका सदस्यहरु वा पोस्टरमा रहेको ठेगानामा सम्पर्क गर्न पनि संस्थाले अनुरोध गरेको छ।