सिडनीमा “माघी” पर्ब बिबिध कार्यक्रम सहित मनाइदै     

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शनिबार, पुस १४, २०८०
सिड्नी, अष्ट्रेलिया  । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा कायम गर्दै थारु कला संस्कृतिको जगेर्ना एबम चाड पर्बहरु मनाउदै आइरहेको थारु सोसाइटी अफ अष्ट्रेलियाले बिगतका तिन वटा माघी पर्बको निरन्तरता सहित यस बर्षको माघी पर्ब पनि बिबिध कार्यक्रम सहित अष्ट्रेलियाको सिडनीमा हर्ष उल्लासका साथ मनाउदै छ ।
सोसाइटीका तर्फबाट पब्लिक अफिसर अरुण आर्यन चौधरी दिएको जानकारी अनुसार कार्यक्रम आउदो जनवरी १५ सोमबार (थारु सम्बत २६४७, माघ १/माघे सक्रान्ति) का दिन  दिउसो २ बजे देखि साँझ ७ बजे सम्म टेम्पी रेल स्टेसनबाट छोटो पैदल दुरीमा रहेको विटलाम पार्कमा हुदैछ ।
थारू रिति रिबज अनुसार लाठी नाच, झुमरा नाच आदी नृत्य, थारू परिकार र खानपिन सहितको सो कार्यक्रममा उपस्थितिको लागि थारु सोसाइटि अफ अष्ट्रेलियाले सम्पूर्ण थारू समुदाय लगायत सबै नेपाली दाजु-भाई, दिदी-बैनीहरु लाई हार्दिक अनुरोध गरेको छ।
कार्यक्रम संबन्धि थप जानकारीका लागि अरुण चौधरीलाई 0401435959  वा  संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई  0411688798 सम्पर्क गर्न अनुरोध गरिएको छ।
(थप जानकारी माथिको पोस्टरबाट )