मधेशको काठमाडौं केन्द्रित आन्दोलन
म स्तम्भ लेख्छु र स्तम्भसँगै आफ्नै नाम पनि लेख्छु । नाम लेख्नु मेरो बाध्यता नै बनिसकेको छ । भूलवश कुनै दिन नाम लेख्न छाड्दा एउटा साप्ताहिकले मेरो स्तम्भलाई बेनामी छापिदिएको नजिर ताजै छ । त्यसैले नाम लेख्नु मेरो बाध्यता हो । म उक्त साप्ताहिकमा कहिलेकाहीं मात्रै मेलबाट स्तम्भ पठाउँछु, अन्यथा सधैं हस्तलिखित नै पठाउँछु । यो क्रम दशक नाघिसकेको छ तर पनि त्यो साप्ताहिकका टाइपिस्ट, सम्पादक कसैलाई पनि मेरो प्रभुले हस्तलिखित स्तम्भ चिन्न सक्ने बनाइदिएनन् । के गर्नु ।
मधेशका कुरा गर्नुपर्दा पनि झण्डै झण्डै यस्तै प्रसङ्ग अगाडि आउँछ । मधेश नेपालभित्रै पर्छ भन्ने कुरा वर्तमान सरकारलाई राम्रोसंग थाहा छ, तर मधेशीहरू नेपाली हुन् कि हैनन् भन्ने कुरामा वर्तमान सरकार अलमलमा छ । सदियौंदेखिका नेपालीलाई नेपाली हुन् कि हैनन् भनेर नचिन्ने सरकारलाई प्रभुले चिन्न सक्ने बनाइदिऊन् । यही शुभकामना ।
दक्षिणी सीमानाकामा ६ महिना धर्ना बसेर कुनै प्रतिफलविना पछाडि फर्केका मधेशीहरू यतिबेला मधेशबाट लखेटिएर काठमाडौं पसेका छन् । उनीहरूको आन्दोलनले सिंहदरबार, बालुवाटार, शान्तिवाटिका, लगनखेल, बानेश्वर, सीतापाइला, जोरपाटी–गौशाला, कीर्तिपुर, भक्तपुर क्षेत्रमा चक्कर मार्दै छ । मधेशमा जति सजिलो छैन, उनीहरूलाई काठमाडौंमा आन्दोलन हाँक्न । यहाँका जनता छिट्टै प्रतिकारमा उत्रिनेछन् । यो कुरा उनीहरूले बेलैमा बुझ्दा राम्रो हुनेछ । मधेशमा पहाडियाविरुद्ध चालिएको ताण्डव लीलालाई काठमाडौंले बिर्सेको छैन र बिर्सन्न पनि, मधेशीहरू नेपाली हुन् कि हैनन् ? भनेर खुट्याउन नसक्ने वर्तमान सत्ता गठबन्धनले मधेशी आन्दोलनलाई सडकमा निकालिएको तमासाको संज्ञा दिएको छ । पंक्तिकार एक हदसम्म त्यो विशेषणलाई सही ठान्दछ । मधेशीको माग दाइजो नपाएसम्म विवाहै गर्दिनँ भन्ने बेहुलाको जस्तो छ । दाइजो दिनै नसक्ने कन्या पक्षले कसरी दाइजो दिन्छ ? संविधान पुनर्लेखन गरिनुपर्ने । पहाड र मधेश मिलाएर बनाइएको प्रदेश नस्वीकार्ने । अंगीकृत नागरिकले राष्ट्राध्यक्ष, सरकार प्रमुख जस्ता पद पाउनुपर्ने जस्ता माग राखेर आन्दोलन गर्नु तमासा नभएर के हो ? मधेशमा पहाडलाई मिलाउनै नहुने माग राखेर पाँच महिनासम्म पहाडलाई नाकाबन्दी गरेर थाकेका मधिसेहरूलाई यतिबेला तिनै पहाडेहरूले साथ दिएर नाक जोगाइदिएका छन्, अन्यथा सडकमै कुटिने थिए उनीहरू । पहाडे समुदायमा त्यत्रो आक्रोश छ मधेशी तथा भारतीयहरूप्रति । यस मानेमा चाहिं उनीहरूले बुद्धि पुर्याएकै हुन् जनजाति पार्टीहरूलाई गोलबन्द गरेर ।
मधेश आन्दोलनको अर्को नराम्रो पक्ष के हो भने उनीहरू फगत आफ्नै लागि लडिरहेका छन् । वर्गीय स्वार्थका लागि लडिरहेका छन् । जातीय स्वार्थका लागि लडिरहेका छन् । भारतको मोहरा बनेर लडिरहेका छन् र पहाडे समुदायप्रति आक्रामक बनिरहेका छन् । दोस्रो संविधानसभा निर्वाचनमा मधेशबाटै बढारिएका नेताहरू आफ्नो गुमेको शाख फिर्ता गर्न सिधा–साधा जनतालाई गुमराहमा राखी सडक आन्दोलन गरिरहेका छन् । पाँच/छ महिना लामो मधेश आन्दोलनबाट मधेशी जनता थिलथिलो भएका छन् । उनीहरूको रोजीरोटी गुम्दा नराम्रोसँग गरिबीको पीडा भोग्दै छन् तर पनि पढेलेखेका, टाढाबाठा मधेशीहरू लाजशरम नै नमानी वक्तव्यबाजी गर्छन्, लेख लेख्छन्, कि– ‘दक्षिणी सिमानाको आन्दोलन काठमाडौंलाईं आलिंगन गर्न पुगेको छ । अब त्यो आन्दोलन रित्तो हात काठमाडौंबाट फर्किनु हुँदैन ।
यी टाढाबाठाहरू सिमानाका अवरोध गर्दा पनि यसै वक्तव्यबाजी गर्थे र उधारो सम्झौता मान्ने छैनौं, अबको सम्झौता नगदमै गरिनुपर्छ भन्थे । कति नगद पाए, कति उधारो पाए जगजाहेरै छ । पश्चिमका थारुलाई भड्काएर गराइएको हिंसाको मारमा थारुहरू नै परेका छन् । सीमानाकामा गराइएको नाकाबन्दीको मारमा स्वयं मधेशीहरू नै परे । सडक आन्दोलनका क्रममा पहाडे समुदायलाई खोजी–खोजी आक्रमण गरेबाट स्वयं मधेशीहरू नै लज्जित भए । तैपनि मधेशीहरू यतिबेला काठमाडौंका बासिन्दाबाट नैतिक समर्थनको पर्खाइमा छन् । प्रोत्साहनको अपेक्षा गरिरहेका छन् । योभन्दा तमासा अरु के हुन सक्छ ? लाज पचेकाहरूको ?
भारतको बलमा नाकाबन्दी गर्ने, दिल्ली र विहार धाउने, रक्सौलको दानापानी खाने, पहाडे समुदायलाई देखिनसहने, राष्ट्रिय झण्डा जलाउने अनि भारतको झण्डा छात्तीमा लगाउने नेपाल आमालार्इं वेश्या भन्ने मधेशीलाई सत्ताले के भनेर चिन्ने ? मधेशीहरूले नै जवाफ दिंदा राम्रो होला । ५/६ महिने लामो नाकाबन्दी कुन माग पूरा भएपछि टुंगियो ? त्यसको जवाफ पनि मधेशीहरूले नै दिंदा राम्रो होला । अहिले पुन: राजधानी केन्द्रित आन्दोलन गर्न कुन शक्तिले हौस्याएको छ ? त्यो पनि मधेशीहरू नै जानून् । हामीले जानेको यत्तिमात्रै हो कि संविधानको पुनर्लेखनको माग राखेर आन्दोलन गर्नु भनेको नाजायजै हो । मधेशलाई पहाडबाट अलग्याएर संघीयता देऊ भन्नु पनि नाजायजै हो । अंगीकृतले संवैधानिक पदको माग राख्नु त झन् नाजायज हो । यी माग न त काँग्रेसले पूरा गर्न सक्छ न एमालेले, एमाओवादीले नै पूरा गर्न सक्छ । न त माथि उल्लिखित तीन दल मिलेर नै दिएर दिइन्छ । जनतासँग प्रत्यक्ष सरोकारको विषय जबर्जस्ती लादेर लादिंदैन । मधेशीले बुझ्न जरुरी छ ।
खेत खलियानमा काम गरिरहेका मधेशीलाई भाडाका आन्दोलनकारीका रुपमा उठाएर ल्याउँदैमा काठमाडौं झुक्ने छैन । भारतले दबाब दिंदैमा काठमाडौं डराउने छैन । दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्ने वैद्य माओवादीले त्यतिबेला कुन कुकृत्य गरेन ? तर आज लाज पचाएर आफू छायामा रहेर बादलको नेतृत्वमा एकीकरणमा किन पठायो ? त्यसको जवाफ कसले दिने ? मधेशीहरूले पनि ५/६ महिना आन्दोलन र नाकाबन्दी किन गरे ? किन फिर्ता लिए ? जनतालाई जवाफ दिनुपर्दैन ?
हाल भइरहेको काठमाडौं केन्द्रित आन्दोलन पनि बाह्य इसारा र डिजाइनमा सञ्चालित छन् । मधेशी आन्दोलन पनि बाह्य इसारा र डिजाइनमा सञ्चालित छन् । मधेशी आन्दोलनहरू त्यति नै लामो हुनेछ जति लामो काश्मिर आन्दोलन र प्यालेस्टिनी आन्दोलन । जनता तवाह हुनेछन् । मधेश ध्वस्त हुनेछ । भकुण्डोरुपी मधेशी उफ्रिमात्र रहनेछन् । उफ्रिमात्र रहने भकुण्डोले गोल कतै गरेको छ र ? विकाउ चरित्र बोकेका मधेशी नेताले मूल्य राम्रो नपाउँदासम्मका लागि मात्रै आन्दोलन गर्नेछन् । मूल्य राम्रो पाएमा रातारात गायब हुनेछन् । यो दृश्य विगतमा देखे–जानेकै हो ।
छिमेकीको त थोर बहुत बुद्धि फिरेजस्ता छ तर भकुण्डोको बुद्धि किन फिथ्र्यो । भकुण्डो उफ्रिरहेको छ । छिमेकीले उफारिरहेको छ । मधेशबाट लखेटिएका मधेशीहरू काठमाडौंमा उफ्रिरहेका छन्, उफ्रिरहेका छन् ।
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
काठमाडौं– नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल...
Find sex tonight with hot females looking for action Looking for some fun...
काठमाडौं– अष्ट्रेलियाको क्विन्सल्याण्डकी सांसदले आफूलाई राति बाहिर जाँदा लागूऔषध सेवन गरी यौन...
Posiblemente uno de los más difíciles lecciones Tuve para dominar cuando...
Get willing to find your perfect abdl match If you are looking for...