माइक्रोसफ्टले किन्यो लिंक्डइन

व्यवसायिक सोसल नेटवर्किङ सायट लिंक्डइनलाई माइक्रोसफ्टले किन्ने भएको छ । ४ सय मिलियनभन्दा बढी प्रयोगकर्ता रहेको लिंक्डइन माइक्रोसफ्टले २६ दशमलव २ बिलियन डलरमा खरिद गर्न लागेको हो । माइक्रोसफ्टले अहिलेसम्म गरेका कारोबारमध्ये यो सबैभन्दा ठूलो हो । यो कारोबार प्रतिसेयर १ सय ९६ डलरमा भएको हो । माइक्रोसफ्टका नयाँ तथा उदार स्वभावका सीईओ सत्या नाडिला माइक्रोसफ्टलाई नयाँ स्वरूपमा ढाल्न प्रारम्भदेखि नै सक्रिय छन् । नाडिलाकै पहलमा स्काइप र नोकिया खरिदपछिको यो अर्को ठूलो कारोबार हो । माइक्रोसफ्टले यसअघि १.२ बिलियन डलरमा खरिद गरेको सामाजिक सञ्जाल याम्मरलाई सफल बनाउन धेरै प्रयास गरे पनि उसको प्रयास बिफल भएको थियो । अहिले त्यसको सट्टा लिंक्डइन किन्ने तयारी गरिएको हो । केही समयता कर्पोरेट च्याटका रूपमा ख्याति कमाएको स्ल्याकलाई माइक्रोसफ्टले ८ बिलियन डलरमा किन्ने प्रयास गरे पनि सफल हुन सकेको थिएन । लिंक्डइनले सोसल नेटवर्किङ र व्यवसायिक क्षेत्रमा माइक्रोसफ्टलाई सघाउनेछ । यसमा व्यवसायिक क्षेत्रसँग सम्बद्ध व्यक्तिहरूकोसंख्या ठूलो छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...