सिड्नीमा नेपाली बिद्यार्थीकाे दुखद निधन : सहयोगको लागि अपिल

उच्च शिक्षा अध्ययानको सपना बोकेर दुइ बर्ष अगाडि अष्ट्रेलिया आएका राजु भण्डारी आफ्नै कोठामा २० फेब्रोअरीका दिन मृत फेला परेका छन् । आफ्नै कोठाको झ्यालमा डोरीको पासो लगाई आत्महत्या गरेका राजुको उक्त दुखद दृश्य पहिलो पटक उनि संगै एकै घरमा बस्ने अर्का बिद्यार्थी सबन भट्टराईले देखे र तत्कालै घर धनि र छर छिमेकिलाई खबर गरेका थिए । तत् पस्चत स्थानिय प्रहरीलाई खबर गरियो, प्रहरीले बन्द कोठाको ढोका फुटाएर एम्बुलेन्समा आएका प्यारामेडिक्सलाई भित्र छिर्न सहयोग गरयो र प्रारम्भिक अनुसन्धान पछि प्यारामेडिक्स टिमले भण्डारीलाई मृत घोषण गरेका थिए ।
घटनाको तत्कालै घटना स्थल पुगेका नेप्लिज अष्ट्रेलियन युथ एसोशिएसन ९नया०का अध्यक्ष कोमलराज पाठकका अनुसार भण्डारीको शब पोस्ट मार्टम र अन्य कानुनी प्रक्रियाका लागि अनुसन्धान मै रहेको र सो प्रक्रिया सकिए पछाडी उनको परिवारको अनुरोध अनुसार दाहा संस्कारका लागि नेपाल नै पठाउने तयारी गरिएको छ । पाठकका अनुसार साथीहरु संग बस्दै आएका मृतक भण्डारीको यहाँ कोहि पनि नजिकको नातेदार वा आफन्त न भएकोले यो मानबिय संकटमा नेप्लिज अष्ट्रेलियन युथ एसोशिएसन (नया) ले उनको शब नेपाल पठाउनका लागि सहयोगको अभियान सुरु गर्ने निर्णय गरेको छ । नयाको खातामा आफुले सकेको सानो ठुलो सहयोग उपलब्ध गराई दिनु हुन पनि सबै मनकारीहरुलाई संस्थाले अनुरोध गरेको छ ।
Acc Name: Nepali Australian youth Association
Inc BSB: 062256
Acc: 10857586 (Commonwealth Bank)
त्यसै गरि न्यु साउथ वेल्सका लागि नेपाली महावाणिज्यदूत दिपक खड्का, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएनए अष्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिका संयोजक दिनेश पोखरेल, एनआरएनआईसिसी केशव सापकोटाकाले भण्डारीको मृत्युप्रति दुःख ब्यक्त गर्दै आफु आबद्ध संघ संस्था मार्फत र व्यक्तिगत रुपमा समेत यस दुखद घडीमा आवश्यक सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् । अष्ट्रेलियाका बिभिन्न संघ संस्था र व्यक्तिहरुले पनि सोसियल मिडियाहरु मार्फत गत साता मात्र सिड्नीमै अध्ययनरत विद्यार्थी मिलन अधिकारीको मृत्युको घटना सेलाउन नपाउदै घटेको अर्को यो दुखद घटनामा मृता आत्माको चिर शान्तिको कामना गर्दै सक्दो सहयोग गर्न अनुरोध गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...