सिड्नीमा नेपाली बिद्यार्थीकाे दुखद निधन : सहयोगको लागि अपिल
उच्च शिक्षा अध्ययानको सपना बोकेर दुइ बर्ष अगाडि अष्ट्रेलिया आएका राजु भण्डारी आफ्नै कोठामा २० फेब्रोअरीका दिन मृत फेला परेका छन् । आफ्नै कोठाको झ्यालमा डोरीको पासो लगाई आत्महत्या गरेका राजुको उक्त दुखद दृश्य पहिलो पटक उनि संगै एकै घरमा बस्ने अर्का बिद्यार्थी सबन भट्टराईले देखे र तत्कालै घर धनि र छर छिमेकिलाई खबर गरेका थिए । तत् पस्चत स्थानिय प्रहरीलाई खबर गरियो, प्रहरीले बन्द कोठाको ढोका फुटाएर एम्बुलेन्समा आएका प्यारामेडिक्सलाई भित्र छिर्न सहयोग गरयो र प्रारम्भिक अनुसन्धान पछि प्यारामेडिक्स टिमले भण्डारीलाई मृत घोषण गरेका थिए ।
घटनाको तत्कालै घटना स्थल पुगेका नेप्लिज अष्ट्रेलियन युथ एसोशिएसन ९नया०का अध्यक्ष कोमलराज पाठकका अनुसार भण्डारीको शब पोस्ट मार्टम र अन्य कानुनी प्रक्रियाका लागि अनुसन्धान मै रहेको र सो प्रक्रिया सकिए पछाडी उनको परिवारको अनुरोध अनुसार दाहा संस्कारका लागि नेपाल नै पठाउने तयारी गरिएको छ । पाठकका अनुसार साथीहरु संग बस्दै आएका मृतक भण्डारीको यहाँ कोहि पनि नजिकको नातेदार वा आफन्त न भएकोले यो मानबिय संकटमा नेप्लिज अष्ट्रेलियन युथ एसोशिएसन (नया) ले उनको शब नेपाल पठाउनका लागि सहयोगको अभियान सुरु गर्ने निर्णय गरेको छ । नयाको खातामा आफुले सकेको सानो ठुलो सहयोग उपलब्ध गराई दिनु हुन पनि सबै मनकारीहरुलाई संस्थाले अनुरोध गरेको छ ।
Acc Name: Nepali Australian youth Association
Inc BSB: 062256
Acc: 10857586 (Commonwealth Bank)
त्यसै गरि न्यु साउथ वेल्सका लागि नेपाली महावाणिज्यदूत दिपक खड्का, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, एनआरएनए अष्ट्रेलिया न्यु साउथ वेल्स राज्य समितिका संयोजक दिनेश पोखरेल, एनआरएनआईसिसी केशव सापकोटाकाले भण्डारीको मृत्युप्रति दुःख ब्यक्त गर्दै आफु आबद्ध संघ संस्था मार्फत र व्यक्तिगत रुपमा समेत यस दुखद घडीमा आवश्यक सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् । अष्ट्रेलियाका बिभिन्न संघ संस्था र व्यक्तिहरुले पनि सोसियल मिडियाहरु मार्फत गत साता मात्र सिड्नीमै अध्ययनरत विद्यार्थी मिलन अधिकारीको मृत्युको घटना सेलाउन नपाउदै घटेको अर्को यो दुखद घटनामा मृता आत्माको चिर शान्तिको कामना गर्दै सक्दो सहयोग गर्न अनुरोध गरेका छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...