जय नेपाल र गल्काेट समाजले थाल्याे बाढी पैर्हाे सहयाेग अभियान

“चाहे भूकम्प होस वा बाढी त्यो दैवि प्रकोप नेपालमा आउँछ देशबासीलार्इ दुःख हुन्छ अनि हामी परदेशीको मन रुन्छ । धेरै त खासै चाहेर पनि गर्न सकिंदैन तर हाम्रो फजुल खर्च जोगाएर केहि रकम सहयोग गर्न अवश्य सक्छौं ।” यही कुरालार्इ अात्मसाथ गर्दै जय नेपाल फाउण्डेसनले बाढी पहिराे पीडितहरुका लागि सहयाेग अभियान सुरु गरेकाे छ ।
बाग्लुगं जिल्लाको पश्चिम क्षेत्र बुर्तिबांग,अधिकारिचौर, राजकुट, दर्लिंग लगायतका ठाउंमा बाढि पहिरोले ठूलो धनजनको क्षति पुर्याएको यहांहरुलार्इ अबगत नै छ । यस्ताे अवस्थामा सबैले आ-आफ्नो ठाउंमा सहयोग गर्न सके सबैतिर सहयोग पुग्थ्यो भन्ने अभिप्रायले अहिले यस फाउण्डेसनले दर्लिगंका १०० परिवारलाइ राहत बितरण गर्ने भएकाे छ ।
स्वयंसेबी टोलिको रिपोर्ट अनुसार बासस्थानको ब्यबस्था छरछिमेकमा भएको तर खाधान्न अभाब भएकाले तत्काललार्इ एउटा प्याकेज ल्याएकाे र साे प्याकेजमा एउटा परिवारलार्इ तत्काल नेरु ५००० बराबरकाे सामान (१ बोरा चामल, ५ केजि दाल, नुन, तेल र मर-मसला २/२ पोका, कम्बल १ थान) रहेकाे छ । त्यसकालागि अनुमानित लागत नेरु ५ लाख लाग्ने भएकाले । आजदेखि एक हप्तासम्म यो अभियान चल्ने जय नेपाल फाउण्डेसनलाे जनाएकाे छ । संस्थाले बिगतमा जस्तै संकलित रकमको बिबरण र सहयोग गरेकाकाे तस्बिर अनि बिलहरु फेसबुबाट नै सार्बजनिक गर्ने जनाएकाे छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...