अलिबाबाको इन्टरनेट आइडी कार

चीनको इकमर्स कम्पनी अलिबाबा अब अटोमोबाइल बजारमा समेत प्रवेश गरेको छ । अलिबाबाले ओएस कार आरएक्स–५ नामक कार बजारमा ल्याएको छ जसलाई अलिबाबाले चीनको एसएआईसी मोटर कर्पोरेसनसँग मिलेर निर्माण गरेको हो । ओएस कार आरएक्स–५ इन्टरनेटबाट कनेक्ट हुन्छ । यसमा अलिबाबा ग्रुपको स्मार्ट अपरेटिङ सिस्टम यूनओएस उपलब्ध छ । यो कारमा एड्भान्स फ्युल टेक्नोलोजी, पावरफुल एक्सिलरेटर, सर्ट ब्रेकिङ डिस्ट्यान्सजस्ता फिचर उपलब्ध छन् । यसमा इन्टिलिजेन्ट म्याप र वाइफाई वा जीपीएस बिनै चल्न सक्ने लोकेसन ट्रयाकिङजस्ता सुविधा पनि छन् । यसलाई बोलेर अर्थात् स्मार्ट भ्वाइस कन्ट्रोलको सहयोगले नियन्त्रण गर्न सकिन्छ । यो कार चलाउन इन्टरनेट आइडी उपलब्ध गराइन्छ । यो ड्राइभरको स्मार्टफोन वा स्मार्टवाचसँग कनेक्ट हुन्छ । यसको सहयोगले कारले आफूलाई मनपर्ने म्युजिक वा स्थानका बारेमा जानकारी दिन्छ । कारमा भएका चारवटा क्यामेराको सहयोगले यसमा सवार भएको अवस्थामा सेल्फी लिन वा भिडियो खिच्न सकिन्छ । यो कारलाई चीनमा करिब १६ लाखदेखि ३० लाख रुपैयाँसम्म पर्छ ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...