अलिबाबाको इन्टरनेट आइडी कार

चीनको इकमर्स कम्पनी अलिबाबा अब अटोमोबाइल बजारमा समेत प्रवेश गरेको छ । अलिबाबाले ओएस कार आरएक्स–५ नामक कार बजारमा ल्याएको छ जसलाई अलिबाबाले चीनको एसएआईसी मोटर कर्पोरेसनसँग मिलेर निर्माण गरेको हो । ओएस कार आरएक्स–५ इन्टरनेटबाट कनेक्ट हुन्छ । यसमा अलिबाबा ग्रुपको स्मार्ट अपरेटिङ सिस्टम यूनओएस उपलब्ध छ । यो कारमा एड्भान्स फ्युल टेक्नोलोजी, पावरफुल एक्सिलरेटर, सर्ट ब्रेकिङ डिस्ट्यान्सजस्ता फिचर उपलब्ध छन् । यसमा इन्टिलिजेन्ट म्याप र वाइफाई वा जीपीएस बिनै चल्न सक्ने लोकेसन ट्रयाकिङजस्ता सुविधा पनि छन् । यसलाई बोलेर अर्थात् स्मार्ट भ्वाइस कन्ट्रोलको सहयोगले नियन्त्रण गर्न सकिन्छ । यो कार चलाउन इन्टरनेट आइडी उपलब्ध गराइन्छ । यो ड्राइभरको स्मार्टफोन वा स्मार्टवाचसँग कनेक्ट हुन्छ । यसको सहयोगले कारले आफूलाई मनपर्ने म्युजिक वा स्थानका बारेमा जानकारी दिन्छ । कारमा भएका चारवटा क्यामेराको सहयोगले यसमा सवार भएको अवस्थामा सेल्फी लिन वा भिडियो खिच्न सकिन्छ । यो कारलाई चीनमा करिब १६ लाखदेखि ३० लाख रुपैयाँसम्म पर्छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...