सबैको प्यारो बन्दै एनआरएनए अष्ट्रेलिया

-- / प्रकाशित मिति : बिहिबार, फाल्गुन १३, २०७२

Nrn student info session

बिगतका दिनहरुमा बिधार्थीको हितमा उल्लेखेनिय काम नगरेको आरोप खेपिरहने गैर आबशिय नेपाली सँगठन (एनआरएन्ए ) अष्ट्रेलिया  केहि समय अघी चुनाब सम्पन गरेर नया पदाधिकारी चयन गरे सँगै निकै सक्रिय देखिन्छ । अष्ट्रेलियामा रहेका नेपालीलाई मात्र हैन नेपालबाट घुम्न आएका अबिभाबकदेखी बिधार्थीसम्मलाई लक्षित गरेर बिभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।

यसै क्रममा एनआरएन अष्ट्रेलिया एनएसडब्लु च्याप्टरले नेपाली बिधार्थी लक्षित जानकारिमुलक कार्यक्रम साथै पासपोर्ट बितरण कार्यक्रम आयोजना गरेको छ । यही फेब्रुअरी २७ तारिखका दिन सिड्नी हर्सभिलमा अबस्थित सिभिक थिएटरमा कार्यक्रम आयोजना हुँदै छ । कार्यक्रम दिउसो १२ बजेदेखी ४ बजे सम्म चल्नेछ ।
पासपोर्ट बितरण कार्यक्रम नेपाली दुताबासको सहकार्य र विद्यार्थीको कार्यक्रम अष्ट्रेलियन एजुकेसन कन्सल्टेन्ट अलायन्स्(एका) को सहकार्यमा गर्न लागिएको एनआरएन न्यु साउथ वेल्स संयोजक दिनेश पोखरेलले बताउनुभयो । अष्ट्रेलियामा रहेका नेपाली बिधार्थीको अवस्था बुझेर उनिहरुको हितमा काम गर्नको लागी साथै पासपोर्ट लिन क्यान्बेरा जानुपर्ने झन्झट नहोस भनेर यो कार्यक्रमको आयोजना गरिएको पनि उहाले बताउनुभयो ।
बिधार्थी कार्यक्रमको थप जानकारी तथा सोधपुछको लागी दिपक लामिछाने ०४१०७८६७०० वा अर्जुन केसी ०४२३३०४८८३ वा देबेन्द्र गैरेलाई ०४१३८४०८८३ मा गर्न सकिन्छ । साथै पासपोर्टको लागी २३ फेब्रुअरी अगाबै लक्ष्मण सापकोटा ०४१३६४५२९३ वा भुपाल सिटौला ०४३३२२२२६९ वा प्रकाश खरेल लाई ०४२०७९५८८८ मा गर्न आयोजकले सिड्निबासी नेपालीलाई अनुरोध गरेको छ ।