एएफसी कपमा थ्री स्टार छनोट

नेपाली राष्ट्रिय लिग च्याम्पियन रुस्लान थ्री स्टार क्लब एएफसी कपको प्लेअफका लागि छनोट भएको छ । मंगोलियामा सम्पन्न समूह ‘बी’ को प्लेअफलाई भएको छनोटको अन्तिम खेलमा अगष्ट २५ मा घरेलु टोली इर्चिमले कम्बोडियाको नागावल्र्ड क्लबलाई १–० ले हराएपछि थ्री स्टार प्लेअफ खेल्ने मौका पाएको हो । इर्चिमका लागि दाबाजेभले गोल गरेका थिए । समूह चरणमा ४ अंकसहित थ्री स्टार शीर्ष स्थानमा छ । इर्चिमले ३ र नागावल्र्डले १ अंक बटुलेका थिए ।
अजायी मार्टिन्स कायोडे र कप्तान विक्रम लामाको गोलमा पहिलो खेलमा इर्चिमलाई २–० ले हराएको थ्री स्टारले नागावल्र्डसंग १–१ को बराबरी खेलेको थियो । दोस्रो खेलमा नाइजेरियाका मार्टिन्सले नै बराबरी गोल गरेका हुन् । अन्तिम खेलको नतिजापछि मात्र विजेता टोली टुंगो लाग्ने हुँदा अगष्ट २५ को अरुको खेल थ्री स्टारका लागि महत्त्वपूर्ण थियो । इर्चिम भने अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएको थियो । नागावल्र्डले भने छनोट हुन ३ गोल अन्तरले जित्नुपर्ने थियो । किर्गिस्तानको डोर्डोइ समूह ‘ए’ र चाइनिज ताइपेईको टाटुङ एफसी समूह ‘सी” को विजेता हुँदै प्लेअफका लागि छनोट भइसकेको छ ।
इर्चिम र नागावल्र्डको खेल थ्री स्टारका खेलाडी, प्रशिक्षक र अफिसियलले प्यारापिटमा बसेर हेरेका थिए । उनीहरूले इर्चिमले गोल हान्नेबित्तिकै खुसीयाली मनाएका थिए । छनोटपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले ‘भाईहरूको मिहिनेतले नै हामीले यो सफलता पायौं’ भन्ने प्रतिक्रिया दिएका छन् ।
प्रतियोगिताबाट बाहिरिइसकेपछि इर्चिमले आफ्नो गौरवका लागि फुटबल खेलेको केसीले बताए । कप्तान विक्रम लामाले खेलाडी प्रशिक्षक, व्यवस्थापन र शुभचिन्तकको मायाले नै टोली अघि बढ्न सफल भएको बताए । टोलीले राम्रो खेल्नुका साथै भाग्यले पनि साथ दिएको उपकप्तान निराजन खड्काको भनाइ थियो ।
एसियाली फुटबल महासंघ (एएफसी) को क्यालेन्डरअनुसार एएफसी कपको प्लेअफ जनवरीमा हुनेछ । प्लेअफमा ८ टोलीको सहभागिता रहेनछ । नागावल्र्डका प्रमुख प्रशिक्षक मियास चानाले आफ्ना खेलाडीले खुलेर खेल्न नसकेको बताए । सन् २००५ मा पहिलोपल्ट प्रेसिडेन्ट्स कप फुटबल हुँदा नेपालको प्रतिनिधित्व गरेको थ्री स्टारले एएफसी कप पनि पहिलोपटक खेल्ने मौका पाएको छ । थ्री स्टार गतवर्षको राष्ट्रिय लिग च्याम्पियन हो ।
एएफसीको दोस्रो श्रेणीको क्लब फुटबल एएफसी कप हो । यसअघि एएफसीले सदस्य राष्ट्रलाई तीन श्रेणीमा विभाजन गरी ‘ग’ श्रेणीका राष्ट्रका लिग च्याम्पियनबीच एएफसी प्रेसिडेन्ट्स कपमा प्रतिस्पर्धा गराउँथ्यो । प्रेसिडेन्ट्स कप २०१४ मा अन्तिमपल्ट आयोजना भएको थियो ।
अर्को वर्ष हुने एएफसी कप चौधौं संस्करण हो । एएफसीका सदस्य राष्ट्र (एसोसिएट सदस्य नर्दन मारियना आइसल्यान्ड) सहित ४६ राष्ट्रलाई पछिल्लो चारवर्ष राष्ट्रिय टोलीको प्रदर्शन र क्लबको प्रदर्शनका आधारमा वरीयताक्रम निर्धारण गरेको थियो ।
एएफसीले सदस्य राष्ट्रलाई पूर्व र पश्चिम क्षेत्रमा विभाजन गरिएको थियो । दुवैमा समान २३ राष्ट्र छन् । पश्चिम क्षेत्रमा पश्चिम, मध्य र दक्षिण एसियाका राष्ट्र छन् । त्यसमा दक्षिण एसियाका भारत र माल्दिभ्स रहने छैनन् । एएफसी कपको प्लेअफमा पूर्व र पश्चिम क्षेत्रका ४–४ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
पूर्व क्षेत्रमा आसियान र पूर्वी एसियाका राष्ट्रसहित भारत र माल्दिभ्स समावेश गरिएको छ । शीर्ष १२ टोलीले स्वत: एसिया कपको समूह चरणमा प्रवेश पाउँछन् भने बाँकी ४ टोली छनोट चरण पार गर्दै अघि बढ्ने छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



