अब सेल्फ ड्राइभिङ कार

अटोमोबाइलको क्षेत्रमा नयाँ–नयाँ प्रविधि भित्रिरहेका छन् । पछिल्लो समयमा सेल्फ ड्राइभिङ प्रविधियुक्त कार निर्माण गर्ने लहर नै चलेको छ । सेन्सर र अटोमोबाइल प्रविधिको सम्मिश्रणबाट यस्ता सेल्फ ड्राइभिङ कार गुड्छन् । भविष्यमा सडकमा गुड्ने कारमा अहिलेको जस्तो ड्राइभरको आवश्यकता पर्नेछैन । आफैं स्वचालित रूपमा गुड्ने ती कारका कारण यात्रा पनि सुरक्षित हुनेछ । ती कारमा ड्राइभर र स्टेयरिङ दुवै हुनेछैनन् । सुरक्षा र वातावरण दुवै दृष्टिकोणले यी कार निकै अब्बल हुने अनुमान छ । गुगलले सेल्फ ड्राइभिङ कार प्रोजेक्टको एक चरण पूरा गरिसकेको छ । गुगल अब आफ्नो यो नयाँ आविष्कारलाई व्यवसायीकरण गर्ने कार्यमा लागेको छ । गुगलको सेल्फ ड्राइभिङ कारले अहिलेसम्म २४ लाख किलोमिटर दूरी पार गरिसकेको छ । यद्यपि विभिन्न समयमा दुर्घटनामा पर्ने तथा अन्य सानातिना समस्या आइलाग्ने क्रम भने जारी छ । गुगलले ती समस्या पनि समाधान गरिरहेको छ । गुगलले गत मे महिनामा अमेरिकाको डेट्रोयटमा टेक्नोलोजी सेन्टर बनाएर यो क्षेत्रमा थप कामसमेत प्रारम्भ गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...