कस्तो हुन्छ घातक एप्स ?
माेबाइलमा रमाउनेहरूका लागि अनेक सुविधासहितका लाखौं एप्स उपलब्ध छन् । कुनै पनि एप हामीलाई आकर्षक लाग्नासाथ डाउनलोड गरिहाल्छौं, तर त्यस्ता कतिपय एप मोबाइलका लागि घातक हुन सक्छन् । यस्तै किसिमका केही एप गुगलले प्लेस्टोरबाटै हटाएको छ । यस्ता एप कतै आफ्नै मोबाइलमा डाउनलोड गरिएका त छैनन् ? प्लेस्टोरबाट हटाइएका त्यस्ता एप्स मोबाइलमा अनाधिकृत रूपमा डाउनलोड गर्न तथा मोबाइल रुटको माध्यमबाट फ्याक्ट्री रिसेट गर्न सक्षम थिए । तीमध्ये एक एप्स हो— Honey comb . हटाउनुअघि प्लेस्टोरबाट यसलाई १० लाख पटक डाउनलोड गरिएको थियो । सेक्युरिटी रिसर्चरहरूको दाबी छ— यस्ता एप्स निर्माणका पछाडि ब्रेन टेस्ट यामिली मालवेयर बनाउने डेभलपर्सहरूको भूमिका हुन्छ । गुगलले हटाएका प्रमुख एप्समा केक ब्लास्ट, जम्प प्लानेट, क्रेजी लक, क्रेजी जेली, टिनी पजल, निन्जा हुक, पिगी जम्प, जस्ट फायर, इट बबल तथा ड्रयाग बक्स आदि प्रमुख छन् । यी एप्सको माध्यमबाट त्यसका निर्माताहरूले मोबाइल डिभाइसमा भाइरस इन्जेक्ट गर्थे । त्यसपछि उनीहरू मोबाइल डाटा र रिमोर्ट एक्सेस हासिल गर्न समर्थ हुन्थे । यदि आफूसँग यीमध्ये कुनै एप्स छ, भने तुरुन्तै हटाइहाल्नुपर्छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...