लाप्राकमा बिद्यालय बनाउन सिड्नीका गैरआवासीय नेपालीहरु जुट्दै

गत साल भुकम्पले क्षत-विक्षत बनाएको लाप्राकमा गैर आबासीय नेपाली संघले गर्न लागेको बिबिध पुनर्निर्माण कार्यहरु अन्तर्गत लाप्राकको बिद्यालय बनाउने अभियानलाई सहयोग गर्ने उदेश्यले सिड्नीमा एक फन्ड राइज डिनरको आयोजना गरिएको छ ।
एनआरएनको पुनर्निर्माण संयोजन टिमको आयोजनामा १४ अक्टोबर शुक्रबारको साँझ ६.३० बजे बाट पश्चिम सिड्नीको ह्यारिसपार्कमा रहेको द ग्राण्ड मारियोनमा हुदै गरेको उक्त फन्ड राइज डिनरको प्रवेश शुल्क ७५ डलर रखिएको छ । कार्यक्रमका संयोजक गणेश केसीका अनुसार उक्त कार्यक्रमलाई एक्यबद्दता जनाउन नेपाललाई माया गर्ने अस्ट्रेलियन राजनीतिज्ञहरु लेबर पार्टीका सिनेटर शाम डेष्टियारी र संघिय संसद एबम छायाँ मन्त्रि मिशेल रोल्याण्डका साथै लिबरल पार्टीका नेताहरु र अरु स्थानीय राजनीतिज्ञहरु पनि उपस्थित रहनेछ । कार्यक्रममा पुननिर्माण संयोजन टिमले बिद्यालय निर्माणका योजनाहरु, स्थलगत भ्रमणको आधारमा त्यहाँको वास्तविक स्थितिहरु उपस्थित सबैलाई जानकारी गराउनेछ। कार्यक्रममा सहभागी भइ यो सामुहिक अभियानको एक हिस्सा बन्न पनि पुननिर्माण संयोजन टिमले सिड्नीमा रहनु भएका सबै दाजु-भाई दिदी-बैनीहरुलाई अनुरोध गरेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...