चितवन समाज अस्ट्रेलियाको सबैलाई निमन्त्रणा

-- The NTA / प्रकाशित मिति : बिहिबार, अशोज १३, २०७३

chitwan-bbqचितवन समाज अस्ट्रेलियाको बार्षिक साधारणसभा तथा विजया दशमी र शुभदिपावलीको उपलक्ष्यमा आयोजना हुन लागेको शुभकामना आदान प्रदान कार्यक्रममा समाजले सबैलाई निमन्त्रणा गरेको छ ।

आउँदो अक्टोबर २९ तारिख शनिबारका दिन एसफिल्ड पार्कमा बिहान ११ बजे देखि अबेर सम्म आयोजना गरिएको उक्त बार्षिक साधारणसभा र त्यस पछाडीको भेटघाट शुभकामना आदान प्रदान कार्यक्रममा संस्थाका गतिबिधि र आगामी योजनाहरु सबै सदस्यहरु र शुभेच्छुकहरु बिच राखिने संस्थाका अध्यक्ष बुद्धि डल्लाकोटीले बताउनु भयो । डल्लाकोटीका अनुसार नेपालीहरुको महान पर्ब दशैं र तिहारको सेरोफेरोमा आयोजित यस कर्यक्रममा शुभकामना आदान प्रदानका साथै आपसी मित्रता र भाइचारालाई प्रगाढ पार्ने अबसर पनि मिल्नेछ ।

कार्यक्रमका बारेमा थप जानकारी लागि चितवन समाजका अध्यक्ष बुद्धि डल्लाकोटी- 0412 622 047, उपाध्यक्ष छबि सापकोटा- 0434 107 830 तथा सचिव अनिल पोख्रेल – 0431 683 059 लाई सम्पर्क गर्न सकिनेछ।