चाडबाडको स्वागत गर्दै ग्रान्भिल समाजको दशैं तिहार कार्यक्रम सम्पन्न

हाम्रा चाडबाडहरु सुरु भए सँगै अस्ट्रेलिया भरि बिबिध कार्यक्रम सहित चाडबाडको स्वागत गर्दै बिबिध कार्यक्रम सम्पन्न हुदैछन । यसै क्रममा ग्रान्भिल नेपालीज कम्युनिटी क्लवले, ग्रान्भिल क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरु बीच दशैँ तिहार कार्यक्रम सम्पन्न गरेको छ । गत २४ सेप्टेम्बर शनिबारका दिन ग्रान्भिल टाउन हलमा बिबिध सांस्कृतिक प्रस्तुति मिस्ठन्न भोजन सहित कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको क्लबका अध्यक्ष राम रुवालीले बताउनु भयो ।साँझ ६: ३० बाट राति अबेर सम्म चलेको सो कार्यक्रम यस पटक अलिक नौलो ढंगले प्रस्तुत गरिएको थियो, कार्यक्रममा त्यस ठाँउमा बसोबास गर्ने साना भाई बहिनीहरुलाई समेत कार्यक्रम उद्घोषकमा सामेल गराई उनीहरुको मिठो उद्घोषण क्षमता विकास गर्दै उनीहरुलाई नै कार्यक्रम एक हिस्स बनाउने प्रयास गरिएको थियो, जुन सबै उपस्थितिहरुबाट समेत प्रसंसनिय बनेको थियो। संस्थाका अध्यक्ष रुवालीले अब आउने कार्यक्रमहरु पनि यसरी नै यहि हुर्केको पुस्तालाई सक्रिय सहभागिता गराउदै लैजाने जानकारी दिनु भयो । यसको आलाबा साना साना बाबु नानिहरु र स्थानीय कलाकारले प्रस्तुत गरेका बिबिध संस्कृतिक प्रस्तुतिहरु कार्यक्रमको आकर्षण रहेको थियो।
माता दुर्गा भाबानिको सआराधना गर्दै धुप बालेर सुरु गरिएको उक्त कार्यक्रममा उपस्थितहरु मध्येबाट लक्की ड्रबाट तीन जनालाई पुरस्कृत गरिएको थियो। त्यस्तै कार्यक्रममा अन्त्यमा डि जे को संगितक प्रस्तुतिमा सबै जना नाचेको दृश्यले बाताबरण रोमान्चक र चाडबाडमय भएको झल्को दिएको थियो ।
(फोटो-डाइनामिक मिडिया )

सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...