ट्वीटरको कारवाही

-- NTA REP. ?>

माइक्रो ब्लगिङ सोसल साइट ट्विटरले केही ‘चरम दक्षिणपन्थी’ नेताको एकाउण्ट निलम्बन गरिएको जनाएको छ । ट्विटरले अमेरिकी चरम दक्षिणपन्थीका केही सदस्यसहित वाइट थिंक ट्याङका सदस्यहरूको एकाण्ट निलम्बन गरेको जनाएको छ । के करणले उनीहरूको एकाउण्ट निलम्बन गरेको भन्ने बारेमा भने ट्विटरले केही खुलाएको छैन  । आफ्ना प्रयोगकर्ताका लागि उनीहरूले आपत्तिजनक तथा घृणित लागेको सामाग्रीका बारेमा उजुरी दिन मिल्ने सुविधा ल्याएको एक हप्ता नबित्दै ट्विटरले चरम दक्षिणपन्थी सदस्यहरूको एकाउण्ट निलम्बन गरको हो । आफ्नो एकाउण्ट निलम्बनमा परेका केही नेताले भने अभिव्यक्ति स्वतन्त्रता प्रदान गर्ने प्रतिबद्धता गरेकाले ट्विरटरको साटो ‘ग्याब’ शीर्षकको माइक्रो ब्लगिङ साइट प्रयोग गर्न आफ्ना समर्थकहरूलाई आग्रह गरेका छन् ।