आउने भयो नोकिया ३३१०

-- NTA REP. / प्रकाशित मिति : सोमवार, फाल्गुन २३, २०७३

इतिहास बनिसकेको नोकिया ३३१० मोडल पुन: बजारमा आउने भएको छ । २६ फेब्रअरीमा हुने वल्र्ड मोबाइल कांग्रेसमा नोकियाले ३३१० मोडललाई फेरि सार्वजनिक गर्न लागेको हो । उक्त फोन सेटको मुल्य करिव ६० डलर पर्ने अनुमान गरिएको छ । उक्त फोन सेट पहिलो पटक सन् २००० मा सार्वजनिक भएको थियो । सुरुवाति दिनमा उक्त फोन निकै लोकप्रिय थियो । स्मार्टफोन आउन थालेपछि बिस्तारै नोकिया ३३१० बजारबाट विस्थापित भयो । पहिलो पटक यो फोन सेट प्रयोग गरेकाहरू यो खबरले ‘नोस्टालोजिक’ हुने छन् । सामाजिक सञ्जालमा समेत यसको चर्चा भइरहेको छ ।