भूकम्पको सूचना दिने एप

अमेरिकाका वैज्ञानिकहरूले भूकम्प आउनुअगावै सूचना दिने एपको विकास गरेका छन् । भूकम्पका कारण धेरैले ज्यान गुमाउने खतरालाई मध्यनजर गर्दै उक्त एपको विकास भएको हो । ‘माइसेक’ नामको उक्त एपले भूकम्प आउनुअगावै सन्देश प्रवाह गर्ने वैज्ञानिहरूले बताएका छन् । यसले थोरै भए पनि धनजनको क्षति कम गर्न सकिने उनीहरूले दावी गरेका छन् । एपले मोबाइलको मोसन सेन्सरको मद्दतले जमिनमुनि भइरहेको हलचल पत्ता लगाउने काम गर्छ । मोबाइललाई खल्ती अथवा ब्याग जता राखे पनि जमिनमुनिको हलचललाई मापन गरिरहने वैज्ञानिकहरूको दावी छ । यो एपको विकासमा जुटेका प्रोफेसर रिचर्ड एलेनले बीबीसीसंग कुरा गर्दै हजारौं मोबाइल प्रयोगकर्ताको मद्दतले एउटा नेटवर्क विस्तार गर्न खाजेको बताए । जसले भविष्यमा आउनसक्ने भूकम्पबारे चेतावनी दिन सकियोस् । यो एप http://myshake.berkeley.edu/ बाट डाउनलोड गर्न सकिने एलेनले बताए । ठूलो तीव्रताको भूकम्प आउन केही समय लाग्ने र त्यसअघि नै जमिनको हलचल सुरु भइसक्ने हुँदा यसबारे सूचना प्रवाह गर्न सकिने दाबी गरिएको छ । यसले भूकम्पबाट हुनसक्ने खतरा महसुस गर्दै मानिसहरू सुरक्षित स्थानमा जान सक्नेछन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...