अब भारतमै आइफोन

विश्वप्रसिद्ध मोबाइल फोन उत्पादक कम्पनी एप्पलले आइफोनको उत्पादन भारतमा गर्ने भएको छ । भारतको उत्तरी राज्य कर्नाटकमा एप्पलले आइफोनको उत्पादन गर्ने कर्नाटक राज्य सरकारले बताएको छ । एप्पलले आफ्नो सुरुवाती उत्पादन कर्नाटक राज्यको प्रविधि राजधानी ब्याङ्लोरमा यसै वर्षको अप्रिल महिनाबाट प्रारम्भ गर्ने कर्नाटकका सूचना प्रविधि तथा बायोटेक्नोलोजी मन्त्री प्रियंक खर्गीले जानकारी दिएका छन् । एप्पलले पनि आफूहरू भारतमा लगानी गर्न इच्छुक रहेको बताउादै आधिकारिक निर्णय भने गर्न बाँकी रहेको बताएको छ । भारतमा एप्पल कम्पनीको फोन उत्पादन गर्नका लागि ताइवानी कम्पनी विस्ट्रन कर्पले उत्पादन प्लान्ट सेट गर्ने रिर्पोटहरूले बताएका छन् । एकदमै कम अनुपातमा विक्रीवितरण भएतापनि एप्पलको प्रिमियम फोनको आधाभन्दा ठूलो बजार रहेको छ जसको सुरुवाती मुल्य चार सय पचास डलरबाट रहेको छ र यसको बिक्री तिव्र गतिमा बढिरहेको छ । एप्पलको सबैभन्दा ठूलो उत्पादन साझेदारी ताइवानको ठूलो कम्पनी ‘फक्सकन’ हो जसले चीनमा सबैभन्दा ठूलो आइफोन कारखाना संचालन गर्ने गर्दछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...