एनआरएनए अस्ट्रेलिया स्पोर्ट्स अवार्ड नाइट सम्पन्न 

राष्ट्रिय खेलाडीहरु सम्मानित
-- / प्रकाशित मिति : मङ्लबार, चैत्र २२, २०७३
एनआरएनए अस्ट्रेलियाले केहि समय अगाडी सम्पन्न गरेको भलिबल, बास्केटबल,  क्रिकेट र फुटबल (सकर ) प्रतियोगिताका खेलाडीहरुलाई पुरुस्कार वितरण गर्ने कार्यक्रम हालै सम्पन्न गरेको छ ।  उक्त अवार्ड नाइट कार्यक्रममा नेपालका राष्ट्रिय खेलाडीहरुलाई बिशेष सम्मान गरेको छ। बिशेष अतिथिको रुपमा नेपालबाट आएका नेपालका फुटबल खेलाडी अनिल गुरुङ र नवयुग श्रेष्ठ त्यसै गरि भलिबलका पुर्ब कप्तान भारत शाह उक्त अवसरमा सम्मानित भएका थिए।
त्यस बाहेक बिगत र बर्तमानमा खेलका माध्यमले नेपाल चिनाउने र हाल अस्ट्रेलियामा रहेका भिन्न विधाका खेलाडीहरुलाई पनि उक्त अबसरमा सम्मान गरिएको थिए । यसरि सम्मानित हुनेहरुमा नेपालको प्रतिनिधित्व गर्दै बिगतमा तीन पटक युथ १९ विश्वकप खेलिसकेका यशवन्त सुबेदी, प्रेम चौधरी, टी ट्वान्टी विश्वकप खेलेका फास्ट बलर अमृत भट्टराई, सागको उसु प्रतियोगितामा स्वर्ण पदक विजेता विनिता महर्जन, रजत पदक विजेता राजु महर्जन, फुटबलका हस्तीहरु जगजित श्रेष्ठ, अनिल ओझा थिए । अस्ट्रेलियामा सम्पन्न हुने राष्ट्रिय प्रतियोगिता र नेपाल एबं अस्ट्रेलियाको प्रतिनिधत्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा हुने बिबिध नेचुरल बडिबील्डिङ्ग प्रतियोगितामा पदक जित्न सफल नेचुरल बडिबील्डर सन्तोष श्रेष्ठ, प्रकृति श्रेष्ठ, सन्जिव चौधरीलाई पनि उक्त अबसरमा सम्मान गरियो।  यसरी नै जुडो खेलका खेलाडी मोहन बमलाई पनि उक्त अबसरमा सम्मान गरियो।
त्यसै गरि अस्ट्रेलियाको ब्यस्त दैनिकीमा पनि खेलकुदको विकासका लागि बिभिन्न तबरले योगदान पुराउने व्यक्तित्वहरु भलिबलका टीका कार्की, क्रिकेटका जिवन थापा, बास्केटबलका धिरोज मल्ल र फुटबलका अनिल थापा मगरलाई पनि उक्त अबसरमा सम्मानित गरिएको थियो।
युवाहरुमा रहेको खेल प्रतिभालाई ब्यस्त बिदेशी भूमिमा पनि संस्थागत गर्ने र युवाहरुको बिचमा रहेको भाइचारा सम्बन्धलाई झनै प्रगाढ बनाउने उदेश्यले सुरु गरिएको यस प्रतियोगिता सोचे भन्दा स्तरीय र व्यापक सहभागिता बीच सम्पन्न भएकोमा एनआरएनका खेलकुद संयोजक नन्द गुरूङले सबै खेलाडी, आयोजक साथीहरु, प्रायोजक र स्वयंसेवक सबैलाई धन्यवाद बयक्त गरे । आउने समयमा पनि यस्ले निरन्तरता पाउने कुरामाआफु बिश्वस्त रहेको गुरुङले बताए।
कार्यक्रम समापन पश्चात खेलकुद सहसंयोजक थानु शाक्यले राष्ट्रिय भावनामा सबैलाई जोड्न सक्ने एउटा मध्यम खेलकुद मार्फत हामी सबै जोडिएर बिदेशी भूमिमा भलिबल, बास्केट बल, क्रिकेट र फुटबल जस्तो प्रतियोगिता सम्पन्न गर्न सक्नु र प्रतीयोगतिका बिजयी एबं सहभागीहरुलाई राष्ट्रिय खेलाडीहरु सहितको उपस्थितिमा सम्मान गर्न सक्नु आफैमा आजको दिन एतिहासिक दिन भएको र यसलाई आउने कमिटिले पनि यसमा निरन्तरता दिनु पर्ने विचार व्यक्त गरे।
एनआरएनएका सहसचिब भिष्म भण्डारीले संचालन गरेको उक्त कर्यक्रममा कार्यबाहक राजदुत राजेन्द्र पाण्डे, एनआरएनएका केन्द्रिय युवा संयोजक बिजय पोख्रेल, ओसियना संयोजक महेन्द्र लम्साल, आइसीसी सदस्य प्रकाश जी सी, बाल चन्द्र भट्टराई, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, उपाध्यक्ष दिनेश पोख्रेल, कोषाध्यक्ष डिला खरेल लागायत एनआरएनएका पदाधिकारीहरु खेलप्रेमी युवा र बिधार्थीहरुको उपस्थिति थियो।