साझा सामुदायिक भवनको निम्ति दोश्रो गाला डिनर

भिक्टोरियावासी नेपालीको एउटा सपना छ । त्यो सपना हो भिक्टोरीयामा नेपाली एउटा साझा सामुदायिक भवन बनाउने, जसलाई हामीले आफ्नो भन्न सक्छौ । यही उद्देश्यलाई नै द्रुतगति दिन आजभन्दा एकवर्ष अगाडि भव्य गाला डिनरको आयोजना गरिएको थियो जसमा करिव ७० लाखभन्दा बढी रकमको बोली बोलीएको थियो । र फेरि यो वर्षपनि यही अप्रिल १७मा इस्टोनिया हाउसमा एनएमसीले दोश्रो गाला डिनर आयोजना गरिएको थियो । उक्त डिनरमा धेरैजनाले यो प्रोजेक्टको लागि सदस्यता लिएका थिए भने समुदायको संस्थाहरुले सहयोग गरेको रकम एनएमसीको खातामा ट्रान्सफर गरेका थिए ।
विभिन्न साँस्कृतिक प्रस्तुती पनि रहेको यस डिनरमा संस्थाका अध्यक्ष रञ्जन बैद्यले भिक्टोरियावासी नेपालीको आवश्यकता बनेको सामुदायिक घर बनाउने कार्यमा सबैको सहभागिता आवश्यक भएको बताएका थिए । साथै, उक्त अवसरमा भवनमा प्रयोग हुने ईंटामा आफ्नो वा आफूले ईच्छाएको व्यक्तिको नाम लेखाउनका लागि आह्वान पनि गरिएको थियो । यसरी नाम लेख्दा प्रतिईंटा २ सय ५० डलर सहयोग गर्नुपर्नेछ । कार्यक्रममा नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभ, एनआरएन अष्ट्रेलिया, चितवन समाज लगायतका संघसंस्थाको तर्फबाट संस्थागत रुपमै सहयोग हस्तान्तरण गरिएको थियो ।
साझा सामुदायिक भवन बनाउन अहिले अझ सहयोग संकलन गर्न र भवन बनाउन उपयुक्त ठाउँहरुको खोजी गर्ने कार्य अघि बढिरहेको छ । उक्त डिनरमा चर्चित मोडल प्रकृति श्रेष्ठ र सुदिप न्यौपानेको जोडीलाई अष्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टरको सद्भावदूत बनाइएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...