अस्ट्रेलियामा आइसीएन गठन 

आइसीएन गठन पश्चात पहिलो प्रतियोगितामा भाग लिन प्रकृति श्रेष्ठ मंगोलिया जादै 
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शनिबार, बैशाख ३०, २०७४
नेपालबाट अस्ट्रेलिया आइ बिभिन्न पेशा ब्यबसायका व्यस्तता बिच पनि शारीरिक तन्दुरुस्ती, बडी बिल्डर वा फिटनेस मोडेलका रुपमा रहेका खेलाडीहरु बिच साझा प्ल्यट्फर्मको रुपमा हालै आइ कम्पीट नेचुरल नेपाल (आइसीएन) गठन भएको छ । बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिताका रयाम्पहरुमा सगर्व नेपाली झन्डा बोकेर धेरै ठुला सफलताहरु हँसिल गरिसकेका नेचुरल फिटनेस मोडेल सन्तोष श्रेष्ठको आगुवाईमा स्थापित आइसीएनले अब यस क्षेत्रमा चासो राख्ने सबैको लागि साझा चौतारीको रुपमा कार्य गर्ने  संस्थाको तर्फ बाट श्रेष्ठले बताए।
संस्थाले बडि बील्डर र नेचुरल फिटनेस सँग आबद्द धेरै संस्थाहरु संग  संबन्धन पाई सकेको र थप राष्ट्रिय एबं अन्तराष्ट्रिय संस्थाहरु संग संबन्धन लिने प्रकृयामा छ । यस अगाडी अस्ट्रेलियाको प्रतिनिधित्व गरेर बिभिन्न प्रतियोगिताहरु जितिसकेका सन्तोषले यस संस्था स्थापना संगै नेपाली झन्डा बोकेर आफु र आफु जस्तै यस क्षेत्रका खेलाडीहरु लाई थप पहिचान दिने  बिश्वास लिएका बताए । यस क्षेत्रमा सुरुमा एक्लै संघर्ष गरेका सन्तोष सँग अहिले एक उत्साहित टिम छ, त्यहि टिमको सपना सवरूप आईसीएन गठन भएको पनि घोषणा कार्यक्रममा यस टिमका सदस्यहरु ले बताए । सन्तोष कै पदचापलाई पछ्याउदै नेपाली चेली प्रकृति श्रेष्ठ ( प्रा ) ले पनि यस क्षेत्रमा धेरै पदकहरु जिती सकेकी छन् । त्यस्तै गरि सन्जिब चौधरीले छोटो समयमा यस क्षेत्रमा कमाएको नाम र सफलता पनि सबै युबाहरुको लागि पेरणाको श्रोत बनेको छ ।  यी तिनको अलावा हाल सिड्नीबाट राजु महर्जन, दिपु मुनिकार र बिनोद महर्जन फिटनेस मोडेलको रुपमा धेरै सम्भावना बोकेका खेलाडी हरु हुन् । यस बर्ष  हुने बिश्व एमेच्यौर टाइटल , मेलवर्न तथा इन्डोनेशियामा हुने अन्तराष्ट्रिय प्रतियोगिता हरुमा पनि यो समुहले सहभागिता जनाउने छ।
 फिटनेस मोडेल एबम टिमका कोच सन्तोषले हालै दिएको जानकारी अनुसार नेपालको प्रतिनिधित्व गर्दै आउदो मे  देखि २१ सम्म मंगोलियामा हुने ५१ औ एसियन बडी बिल्डिङ ए एफ बि एफ च्याम्पियनशिपमा मोडेल प्रकृति श्रेष्ठ ( प्रा श्रेष्ठले ) नेपालको प्रतिनिधित्व गर्दै भाग लिनेछिन।  जसका लागि उनि कडा मेहनत साथ् लागि रहेकी छन् र अबको केहि दिनमै आफुहरु मंगोलिया प्रस्थान गर्ने बताए।