मेलबर्नमा ‘नेपाल टुरिजम प्रोमोसन नाइट २०१७’ हुँदै

मेलबर्न, नेपालको पर्यटकीय प्रबर्द्धनको लागि अष्ट्रेलियामा ‘नेपाल टुरिजम प्रोमोसन नाइट २०१७’ हुने भएको छ । नेपाल महावाणिज्यदूत कार्यलय भिक्टोरियाले हिजो प्रेस विज्ञप्ति जारि गरि यस सम्बन्धि जानकारी गराएको हो । प्रेस विज्ञप्तिको अनुसार नेपाल महावाणिज्यदूत कार्यलय र क्यानबेरामा रहेको नेपाली राजदूतावासले यो कार्यक्रम संयुक्त रुपमा आयोजना गर्न लागेको हो । महावाण्ज्यिदूत कार्यलयले यो कार्यक्रम सन् २००८ देखि नै हरेक वर्ष भव्यताको साथ मनाउँदै आएको छ । हरेक वर्षझैँ यो वर्षपनि नेपाल पर्यटन बोर्ड तथा भिक्टोरीयाका नेपाली ट्राभल एण्ड टुर्स व्यवसायसम्बन्धित संस्थाहरुले यस कार्यक्रममा सहकार्य गर्नेछन् ।
पहिलो विदेशी सगरमाथा आरोही एडमण्ड हिलारीका नाती जोर्ज हिरालीले पनि कार्यक्रममा आफ्नो हजुरबुबा,आफ्नो आमा, बुबा लगायत आफ्नो नेपाल र नेपालीहरुप्रतिकोे अनुभव नेपालको केही रोचक तस्बिरहरु प्रस्तुत गर्नेछन्।
नेपालको प्राकृतिक सुन्दरता, समुदाय, संस्कृति, आर्ट इत्यादिलाई झल्काउने विभिन्न प्रस्तुतिहरु रहने कार्यक्रमको मूख्य उद्देश्य नेपालको चिनारी फैलाउनु , पर्यटन क्षेत्रको विकासमा सहयोग गर्नु रहेको छ । कार्यक्रममा नेपाल गएर नयाँ, नौलो र मिठा अनुभवहरु संगालेर आएका केही पर्यटकहरुको अनुभव पनि प्रस्तुत गरिनेछ । त्यस्तै पहिलो विदेशी सगरमाथा आरोही एडमण्ड हिलारीका नाती जोर्ज हिरालीले पनि कार्यक्रममा आफ्नो हजुरबुबा,आफ्नो आमा, बुबा लगायत आफ्नो नेपाल र नेपालीहरुप्रतिकोे अनुभव नेपालको केही रोचक तस्बिरहरु प्रस्तुत गर्नेछन्। यस कार्यक्रम नेपाली समुदायलाई भन्दा पनि विशेष गरेर अष्ट्रेलियन र बहुसाँस्कृतिक समुदायका व्यक्तिविशेष र ट्राभल एण्ड टुर्स व्यवसायीहरुलाई लक्षित गरेको छ । नेपालको पर्यटकीय प्रबर्द्धनमा नेपाली समुदायको पनि उत्तिक्कै महत्वपूर्ण भूमिका हुने भएकोले समुदायका व्यवसायीहरु, संघसंस्थाका प्रतिनिधिहरु लगायत समुदायमा प्रत्यक्ष अप्रत्यक्षरुपमा सक्रिय विशिष्ठ व्यक्तिहरुलाई महावाणिज्यदूत कार्यलयले उपस्थिती भएर कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ । निःशुल्क प्रवेश तथा थ्री कोर्स भोजको आयोजना गरिने यस कार्यक्रममा एकसय बीस देखि एकसय पचास जना व्यक्तिहरुको उपस्थिती रहने अनुमान गरिएको छ जसमा नब्बे प्रतिशत अष्ट्रेलियन ट्राभल एण्ड टुर्स व्यवसायीहरुले आरएसभीपी गरिसकेका छन् । कार्यक्रममा आकर्षक पुरस्कारहरु जस्तै नेपाल जाने हवाई टिकट, टुर प्याकेज, पाँचतारे होटेलमा बसाई, मेल्वर्नका विभिन्न नेपाली रेष्टुराँमा डिनर लगायत अन्य उपहारहरुपनि समावेश गरेको छ जसले सहभागीहरुमा थप उत्साह थप्नेछन् । विज्ञप्तिमा उल्लेख गरीए अनुसार टुरिजम प्रोमोसन नाइटमा भिक्टोरीया लेजिस्लेटिभ काउन्सिल ( विद्यान परिषद्) का अध्यक्ष ब्रुश अटकिन्सन लगायत नेपाली दुतावास, अष्ट्रेलियाली सरकारका प्रतिनिधिहरु, विविभन्न देशका महावाणिज्यदूतहरु, नेपाली तथा बहुसाँस्कृतिक समुदायका विभिन्न संचारमाध्यमहरु, साना–ठूला व्यापारी तथा उद्योगीहरु सहभागी हुनेछन् । विज्ञप्ति अनुसार भिक्टोरीयाका बहुसांस्कृतिक विभागका मन्त्रि रबिन डेभिड स्कट र उद्द्योग मन्त्रि फिलिप दल्दकिसको उपस्थितिको प्रवल सम्भावना रहनेछ । आगामी ३१ मे बुधबार प्रेस्टनस्थित मन्त्र होटलमा हुने यो कार्यक्रममा भिक्टोरीयाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन लगायत महावाणिज्यदूत कार्यलयका टिमले नेपालको पर्यटकीय प्रबर्द्धनदेखि लिएर , नेपाली संस्कृति र नेपालमा लगानी र आर्थिक संम्भावना देखाउन भिक्टोरीयाका अष्ट्रेलियन तथा बहुसाँस्कृतिक समुदायबीच यस्ता कार्यक्रमहरु गर्न आफु सदैव तत्पर रहेका बताएका छन् ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...