नेपालीले बनाए मेसीको वृत्तचित्र

स्पेनीस क्लब बार्सिलोनाका फुटबल स्टार लियोनेल मेसीको बारेमा नेपाली पत्रकार किरण मरहठ्ठाले निर्माण गरेको डकुमेन्ट्री ‘मेसी : द म्यान एट बार्सा’ अमेरिकामा प्रिमियर गरिने भएको छ । दुई वर्षअघि पत्रकार मरहठ्ठाले डेकुमेन्ट्री निमार्णको क्रममा स्पेनीस क्लब बार्सिलोनाको घरेलु मैदान ‘नउक्याप’ पुगेर मेसीको अन्तर्वार्ता समेत लिएका थिए, जुन डकुमेन्ट्रीको प्रमुख आर्कषण रहेको छ । नेपाल–अमेरिका फिल्म सोसाइटीको आयोजनामा प्रत्येक मे ५ देखि ७ सम्म सञ्चालन हुने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको अन्तर्राष्ट्रिय चलचित्र विधामा यसपटक उक्त डकुमेन्ट्री देखाइने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिएका छन् । यो डकुमेन्ट्री ३० मिनेट लामो छ । ‘यो डकुमेन्ट्रीले एक नेपाली पत्रकारको अन्तर्राष्ट्रिय क्षमतालाई उजागर गरेको छ, मेसी जस्तो विश्वप्रसिद्व फुटबलस्टारको बारेमा डकुमेन्ट्री निर्माण गर्न ‘प्रसंसनीय कार्य हो,’ महोत्सवका निर्देशक बराइलीको भनाइ छ । निर्देशक मरहठ्ठाले डकुमेन्ट्री विश्वविख्यात खेलाडि र बार्सिलोनाक्लबलाई नेपालसंग जोड्ने अभियान भएको दावी गरेका छन् । उनी भन्छन्– ‘डकुमेन्ट्रीमा मैले बार्सिलोना क्लवको अतिरिक्त अर्जेन्टिनी स्टार मेसी र उनको बार्सिलोना टिमलाई नेपालसंग जोड्ने प्रयत्न गरेको छु ।’ नेपालबारे मेसी लगायतअन्य स्टार खेलाडीको प्रतिक्रिया डकुमेन्ट्रीमा समावेश गरिएको छ ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...