ट्वीटरको नयाँ रुप

केही साताअघि ट्वीटरको नयाँ लुक सार्वजनिक भएको छ । यो लुकलाई धेरै ट्विटर प्रयोगकर्ताले मन भने पराएका छैनन् । ट्वीटरले यो नयाँ डिजाइन सरल, चाँडो र प्रयोग गर्न सजिलो भएको जनाएको छ । बोल्ड हेडलाइन र नयाँ आइकनले यसलाई अझ राम्रो बनाएको ट्वीटरको दावी छ । ट्वीटरले प्रयोगकर्ताको प्रोफाइल पिक्चरलाई वर्गाकारबाट गोलाकार बनाएको छ । कम्पनीले यसको नयाँ ‘इन्टरफेस डिजाइन’ ट्विटर डट कम, ट्विटर फर आइओएस, ट्विटर फर एन्डोइड, ट्विटडेक र ट्विटर लाइटमा आगामी दिनमा कार्यान्वयन गर्ने जनाएको छ । ट्वीटर प्रयोगकर्ताले
ट्वीटरले गरेको परिवर्तनबारे जोक र ‘मेमे’ बनाएर ट्वीट गरेका थिए । परिवर्तन भएको एक घण्टामै नयाँ युजर ‘इन्टरफेस’ अर्थात् ‘युआई’बारे ३० हजारभन्दा धेरै ट्विट गरिए । धेरैले भने नयाँ लुकबारे गुनासो गर्दै मजाक उडाएका थिए । ट्वीटरको नयाँ डिजाइनमा यसको ‘डाइरेक्ट म्यासेज’ पठाउन सक्ने सुविधालाई पुनर्ताजगी गराइएको छ । यो नयाँ डिजाइनको ‘म्यासेजिङ’ इन्स्टाग्राम, फेसबुक र स्न्यापच्याटको ‘म्यासेजिङ’ जस्तै छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...