ट्वीटरको नयाँ रुप

केही साताअघि ट्वीटरको नयाँ लुक सार्वजनिक भएको छ । यो लुकलाई धेरै ट्विटर प्रयोगकर्ताले मन भने पराएका छैनन् । ट्वीटरले यो नयाँ डिजाइन सरल, चाँडो र प्रयोग गर्न सजिलो भएको जनाएको छ । बोल्ड हेडलाइन र नयाँ आइकनले यसलाई अझ राम्रो बनाएको ट्वीटरको दावी छ । ट्वीटरले प्रयोगकर्ताको प्रोफाइल पिक्चरलाई वर्गाकारबाट गोलाकार बनाएको छ । कम्पनीले यसको नयाँ ‘इन्टरफेस डिजाइन’ ट्विटर डट कम, ट्विटर फर आइओएस, ट्विटर फर एन्डोइड, ट्विटडेक र ट्विटर लाइटमा आगामी दिनमा कार्यान्वयन गर्ने जनाएको छ । ट्वीटर प्रयोगकर्ताले
ट्वीटरले गरेको परिवर्तनबारे जोक र ‘मेमे’ बनाएर ट्वीट गरेका थिए । परिवर्तन भएको एक घण्टामै नयाँ युजर ‘इन्टरफेस’ अर्थात् ‘युआई’बारे ३० हजारभन्दा धेरै ट्विट गरिए । धेरैले भने नयाँ लुकबारे गुनासो गर्दै मजाक उडाएका थिए । ट्वीटरको नयाँ डिजाइनमा यसको ‘डाइरेक्ट म्यासेज’ पठाउन सक्ने सुविधालाई पुनर्ताजगी गराइएको छ । यो नयाँ डिजाइनको ‘म्यासेजिङ’ इन्स्टाग्राम, फेसबुक र स्न्यापच्याटको ‘म्यासेजिङ’ जस्तै छ ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...