सेल्फी खिच्ने एप्सहरू

प्रिज्मा
सेल्फी फोटोग्राफीमा यो एपका टुलहरूले राम्रो इफेक्ट दिन्छन् । पहिले आईएसओका लागि मात्र बनेको यो एप अहिले एन्ड्रोइडमा समेत उपलब्ध छ । यसमा आफूले चाहेअनुरूपको इफेक्ट छानेर सेल्फी लिन सकिन्छ ।
फ्रन्टब्याक
आईएसओ र एन्ड्रोइड दुवैमा पाइने फ्रन्टब्याक एपले जो–कसैलाई रोमाञ्चक अनुभव गराउँछ । यदि सेल्फी लिँदै हुनुहुन्छ भने अगाडिको दृश्य गुमाउनुहुन्छ, तर यो एपले अगाडि र पछाडि दुवैतर्फको दृश्य खिच्ने सुविधा दिन्छ, भएन त रमाइलो ?
युकेम पर्फेक्ट
सेल्फीलाई आकर्षक बनाउन युकेम पर्फेक्ट एप अर्को लोकप्रिय एप हो । यो एप प्रयोग गरेर फोटो खिच्दा ब्याकग्राउन्डमा आएका नचाहिने वस्तुहरूलाई हटाउन मिल्छ भने दुब्लोलाई मोटो र मोटोलाई दुब्लोसमेत बनाउन सकिन्छ । यसमा रहेका टुलहरूको माध्यमबाट आफ्नो अनुहारलाई आकर्षकसमेत देखाउन सकिन्छ । यो एप पनि आईएसओ र एन्ड्रोइड दुवै अपरेटिङ सिस्टममा उपलब्ध छ ।
क्यान्डी क्यामेरा
यदि आफ्नो सेल्फीलाई अरूको भन्दा फरक किसिमको र आकर्षक देखाउन चाहना भने क्यान्डी क्यामेरा एप डाउनलोड गरे हुन्छ । एन्ड्रोइड अपरेटिङ सिस्टममा उपलब्ध यो एपमार्फत आफ्नो सेल्फीमा १ सयभन्दा बढी इफेक्टहरू लगाउन सकिन्छ भने छालालाई मुलायम देखाउनेदेखि ब्युटी फङ्सनमार्फत अझ आकर्षक देखाउन सकिन्छ, अर्थात् फोटो खिच्नुअघि ब्युटिपार्लर जानै पर्दैन ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...