साउदर्न हाईलयाण्ड भव्य तिज धमाका सम्पन्न

-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : शनिबार, भदौ ३, २०७४
अस्ट्रेलियाको सिड्नीको दक्षिण भेगमा पर्ने सानो तर रमणिय स्थल साउदर्न हाईलाण्डमा हालै भव्य तिज कार्यक्रम सम्पन्न भएको छ । साउदर्न हाईलयाण्ड नेपाली कम्युनिटिको आयोजनामा “हाईल्याण्ड तिज धमाका २०१७” नामको उक्त तिज बिशेष कार्यक्रम बोरल स्थित  कम्युनिटि हलमा १२ अगस्तको साँझ भव्य रुपमा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष अरुण गौतमले जनाउनु भए अनुसार कार्यक्रमको प्रवेश शुल्क ३० डलर तोकिएको, १० वर्ष भन्दा मुनिका बालबालिकाहरु र नेपालबाट आउनुभयको अभिभावक बुवा आमाहरुको लागि नि:शुल्क प्रवेशको ब्यबस्था गरिएको थियो ।
गौतमका अनुसार कार्यक्रममा मिट्टागँग, बोरल, मोसभेल, बुराडो, बन्डानुन लगायत नजिकै बसोबास गर्ने नेपाली दिदि बहिनि, दाजुभाईहरु र बालिकाहरुको उपस्थितिको साथै नेपालबाट आउनुभएको अभिभावक आमा-बुवाहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रमलाई उज्जवला केशी,अस्मिता स्वतीले र संस्थाकै सल्लाहकार दिपक निरौलाले संचालन गर्नु भयको थियो । साँझ करिब ६:३० पानसमा बत्ती बालेर यसै संस्थाका संरक्षक परसुराम अधिकारी र अध्यक्ष अरुण गौतमले कार्यक्रमको बिधिवत रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रमको स्वागत मन्तव्य अध्यक्ष गौतमले दिनु भएको थियो । मन्तव्यमा वहाँले भन्नुभयो “करिब ३ महिनाको स्थापना पश्चात यति भव्य कार्यक्रम पस्कन पाउँदा निकै गर्बको महसूस भएको बताउँदै यसको श्रेय सम्पुर्ण कार्य समितिको साथीहरु र उपस्थित सबै महानुभावहरुलाई दिँदै यस्तै सहयोग र सद्भभाव रहे यस्तै सभ्य र भव्य कार्यक्रम पस्किन गार्हो नहुने बताउनु भएको थियो”।
बिभिन्न कलाकारहरुको बेजोड नृत्य,गायन तथा विविध मनोरन्जनहरुको साथै सिड्नीमा करिब १ दर्जन भन्दा स्टेज पर्फमेन्स दिईसकेका सुमधुर स्वरका धनी तथा उदाउँदा गायक प्रवेश अधिकारीको धमाकेदार गित कार्यक्रमको प्रमुख आकर्षण बन्न सफल भयको थियो । कार्यक्रममा यसै स्थानमा करिब अढाई बर्ष वसोवास गर्नुहुने र यस स्थानमा नेपाली कम्युनिटि चाहिन्छ भन्दै बनाउन प्रेरित गर्नु हुने संस्थाका संरक्षक परसुराम अधिकारीलाई संस्थाको अध्यक्ष अरुण गौतमले खादा ओढाउँदै विशेष सम्मान समेत गर्नु भएको थियो।
कार्यक्रममा थप रौनकको लागि लाईभ डिजे (DJ CRASH), फोटोग्राफर (Dynamic Media) को साथै विविध खानाको परिकारहरु थियो । करिब ९ बजेबाट सुरु भएको डिजेको ननस्टप धमाका गितहरुमा उपस्थित सम्पुर्णले नाच्दै मनोरन्जन लिनु भयो थियो भने करिब रातको १०:३० बजे दर्शकहरुलाई सरप्राईज दिने मनसायले उत्कृष्ट दुई बिधा नृत्य र पहिरनमा गिफ्ट भौचर दिँदै कार्यक्रम सम्पन्न भएको थियो।